Wednesday 11th February 2026

फुटेको कुर्कुचादेखि डार्क सर्कलसम्मको समस्या हटाउन प्रयोग गर्नुहोस् केराको बोक्रा

7 years अगाडी

काठमाडाैं। हामीलाई केराको फाइदा बारे त थाहा छ । तर,  केरा खाएर  फालिने बोक्राको पनि अनेकौँ फाइदा हुन्छ भन्दा तपाइँलाइ पत्यार नलाग्न सक्छ।  केराको बोक्रामा म्याग्नेसियम, पोटासियम र कार्बोहाइड्रेटजस्ता न्यूट्रिएट्स हुन्छन् । यति मात्रै होइन, यसले सुन्दरतालाई निखार्नका लागि प्रयोग गर्न सकिन्छ । केराको बोक्रामा रहेको एन्जाइम्सले धेरै वस्तुको सफाईकालागि प्रयोग गर्न सकिन्छ । जान्नुहोस्, केराको बोक्राको ९ फरक प्रयोग ।

१. आँखाको तल्लो छेउ भागमा केराको बोक्रालाई घोटेर दल्ने गरेमा ‘डार्क सर्कल’ हट्छ ।

२.  केराको बोक्राले पहेलो भएको दाँतमा घोट्नु होस्, दाँतको पहेलोपना हटेर जान्छ । दिनहुँ जसो यसो गर्नाले दाँतमा चमक आउँछ ।

३.  केराको बोक्रालाई जुत्तामा रगड्नाले टलकिन्छ, चिम्किन्छ ।

४.  केराको बोक्रालाई डन्डिफोर निस्किएको ठाउँमा दल्ने गरेमा डन्डिफोर हट्छ ।

५. केराको बोक्रालाई मलको रुपमा विरुवामा हालेमा चाँडै विरुवा बढ्छ ।

६. सिडी वा डिभिडी  स्क्र्याच भएमा केराको छालाले सफा गर्नुहोस् ।

७.  चाँदीका गरगहना वा सामाग्रीलाई सफा गर्नका लागि केराको बोक्राले रगड्नुहोस्, सजिलै सफा र चम्किलो बनाउँछ ।

८. मासुलाई पकाउँदा त्यसमा थोरै समयका लागि केराको बोक्रा पनि राख्नुहोस्, केहिबेरपछि निकाल्नुहोस् । मासुलाई चाँडै पकाउँन मद्दत गर्छ ।

९.  केराको बोक्रालाई फुटेको कुर्कुचामा घोट्नुहोस् र पाँच मिनेटपछि धुनुहोस् । यसो गर्नाले फुटेको कुकुर्चालाई ठिक गर्छ ।

          September 14, 2018 11:11 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...