दाङमा नयाँ संहिताको प्रभाव : धमाधम सम्बन्ध बिच्छेदको उजुरी गर्दै पुरुषहरु
दाङ – पारिवारिक सम्बन्धमा बेमेल भए पनि सम्बन्धबिच्छेदका लागि अघि सर्न नसकेका पुरुषहरुले नयाँ संहिता आएसँगै धमाधम उजुरी दिन थालेका छन् । यसअघि सम्बन्ध बिच्छेदको उजुरी महिलाले दिनुपर्ने र दुबै जना छुट्न सहमत भए दुबै जनाले दिनसक्ने ब्यवस्था थियो तर, भदौ १ गतेदेखि लागु भएको नयाँ संहिताले पुरुषलाई पनि सम्बन्ध बिच्छेदको बाटो खोलिदिएपछि पुरुषहरु सम्बन्ध बिच्छेदका लागि अघि सारेका छन् । दाङ देउखुरी जिल्ला अदालतमा भदौ १ गतेदेखि २८ गतेसम्म २९ जना पुरुषले सम्बन्ध बिच्छेदका लागि निबेदन दिएका छन् । ती २९ जना मध्य ३ जना पुरुषले श्रीमतीसँग सम्बन्धबिच्छेद नै गरिसकेका छन् । अहिलेसम्म पुरुषले दिएको उजुरीअनुसार तीन जोडीको सम्बन्धबिच्देछ भएको अदाललतका श्रेस्तेदार गम्भीर रानामगरले जानकारी दिनुभयो ।
२८ दिनमा कुल ५४ वटा सम्बन्ध बिच्छेदका निबेदन परेकामा २९ पुरुष र २५ महिलाका रहेका छन् । ती मध्य ३ पुरुष र ९ महिलाको मिलापत्रका आधारमा सम्बन्ध बिच्छेद भएको श्रेस्तेदार रानामगरले जानकारी दिनुभयो । सम्बन्ध बिच्छेदका लागि ७४ बर्षसम्मका बृद्धले पनि उजुरी दिएका छन् । श्रीमती श्रीमानको मन्जुरी नलिई लगातार तीन बर्ष वा सो भन्दा बढी समय अलग बसेमा, पत्नीले पतिलाई खान, लाउन नदिएमा वा घरबाट निकाला गरिदिएको खण्डमा र परपुरुष सँग सम्बन्ध राखेमा श्रीमानले उजुरी दिनसक्ने कानुनी व्यवस्था रहेको छ
September 14, 2018 12:22 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।