पेटमा बोसो लाग्यो ? दैनिक खानुहोस् ५ चिज, केही दिनमै बन्नुहुन्छ स्लिम
काठमाडौ । धेरै मानिसको पेट मात्र बढेर अस्वाईदिलो ज्यान देखिएको हुन्छ । पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ । यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् । केही सजिला तरिकाहरु यसप्रकार छन् ।
१) काँक्रो : बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस्। यो पेटका लागि धेरै लाभदायी छ । यो सेवनका कारण धेरै खाना खानबाट जोगिन सकिन्छ नै, यसले पेटको झाडुको काम पनि गर्छ। जसले गर्दा बिस्तारै बोसो कम हुन्छ।
२) धनियाँको जुस : यसमा क्यालोरी निकै कम पाइनछ भने एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ । यसको प्रयोगबाट अरु कुनै समस्या आउँदैन । यसले किड्नी ठिक राख्न समेत सघाउँछ।
३) एलोभेरा जुस : एलोभेरा जुस धेरै बिरामका लागि उपयोगी ठानिन्छ । दिनमा एक कप यसको जुस पिउँदा पेटको बोसो कम हुन्छ। यसले कोलेस्ट्रोलको समस्या पनि घटाउँछ।
४) ग्रिन टी : ग्रिन टीमा एन्टिएक्सिडेन्ट्स हुन्छ। पेटको बोसो घटाउन भने विना चिनीको ग्रिन टी पिउँदा फाइदा हुन्छ। यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न पनि सघाउँछ। त्यसैगरी कागती मिसाएर खाँदा टक्सिनबाट पनि छुट्कारा मिल्छ।
५) अदुवाको रस : प्रतिदिन एक चम्चा अदुवाको रस पेट कम गर्नका लागि धेरै सहयोगी हुन सक्छ। यसले शरीरको बोसो समेत बर्न गर्न सघाउँछ। खानपानमा सन्तुलनसँगै नियमित व्यायाम फिट रहने सबैभन्दा उत्तम उपाय हुन् । त्यसकारण यी खानेकुरासहित नियमित व्यायाममा पनि ध्यान दिनुहोला।
September 20, 2018 12:44 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण