यि पाँच सूत्र, जसले शरीरमा रोग लाग्नै दिदैन् !
काठमाडौँ । नेपालीको औसत आयु ७० बर्षको हाराहारीमा छ । बेलायतको मेडिकल जर्नल ‘दि लान्सेट’ले दक्षिण एशियामा श्रीलंकालीपछि नेपालीको उमेर बढी देखाएको छ ।
उमेरको आयतन त तन्किएको छ, जो आफैमा खुसी मान्नुपर्ने कुरा हो । तर, यत्तिका उमेरसम्म हामी कसरी बाँच्छौं रु के ७० बर्षको हाराहारीमा पुग्दा पनि हामी तन्दुरुस्त, स्वस्थ्य, उर्जावान् र खुसी हुन्छौ ?
या त रोगले थलिएका, जीर्ण, पाको, रोगी शरीर लिएर घिस्रिन्छौं ?
सत्य के हो भने, निश्चित उमेर पार गरेपछि हामीले देह त्याग गर्छौं । यद्यपी जति उमेरसम्म बाँचिन्छ, त्यस अवधीसम्म स्वस्थ्य एवं निरोगी भएर बाच्न सक्नु ठूलो उपलब्धी हो । भगवान गौतम बुद्धले पनि जीवनभर निरोगी हुनुलाई ‘उपहार’को रुपमा व्याख्या गरेका छन् ।
तर, अहिलेको परिदृश्य फरक छ । युवाअवस्थामा नपुग्दै कोही दमले निस्साइरहेका छन्, कोही क्यान्सरले छटपटाइरहेका छन् । कसैलाई उच्च रक्तचापले गलाइसकेको छ, कसैलाई मधुमहेहले छोपसकेको छ । किन यस्तो भइरहेको छ त रु
किनभने हामी बाँच्ने वायुमण्डल दुषित छ । हामीले पिउने पानीदेखि खाने भोजनसम्म विषाक्त छ । त्यसभन्दा खराब त हाम्रो जीवनशैली छ सधै ऐश(आरम खोज्ने, मिठो मसिनो खानामा पल्कने हामी उमेर नपुग्दै रोगका शिकार बनिरहेका छौं ।
हो, हामी रोगी हुनुमा हाम्रै जीवनशैली जिम्मेवार छ ।
स्वस्थ्य, निरोगी, तन्दुरुस्ती जीवनका लागि हामी आफ्नै प्रयास पनि काफी छ । खानपानमा सर्तकता र जीवनशैलीमा अनुशासन अपनाएर हामी स्वस्थ्य हुन सक्छौं ।
कसरी पाउने स्वस्थ्य जीवन ?
यदि आफ्नो लागि समय कम छ भने १० मिनेट मै केहि टिप्स अपनाएर पनि स्वस्थ रहन सकिन्छ । सानो गल्तीले पनि आफ्नो स्वास्थ्यमा असर गरिरहेको हुन्छ । व्यस्त जीवनशैलीको कारण आफ्नो लागि समय निकाल्न सकिदैन, जसले असर सिधै हाम्रो स्वास्थ्यमा पर्छ । हामीले हाम्रो स्वास्थ्यको बेलैमा ख्याल राखेनौ भने विभिन्न रोगको शिकार बन्न सकिन्छ । त्यसैले कम समय भए पनि आफ्नो स्वास्थ्य सुधार्ने कोशिश गर्नुपर्छ ।
१।दैनिक एकै समयमा उठ्नु
दैनिक ७ (८ घन्टा सुत्नु स्वास्थ्यको लागि आवश्यक हुन्छ । समयमै सुत्ने र समयमै उठ्ने बानीले रोगसँग लड्न सक्ने क्षमता पनि बढ्छ । त्यसैले दैनिक एकै समयमा उठ्नको लागि आर्लम लगाएर सुत्ने बानी गर्नुपर्छ ।
२। ब्रेकफास्ट गर्ने बानी बसाल्ने
बिहानको समयमा ब्रेकफास्ट नर्गनाले स्वास्थ्यमा नराम्रो असर पर्छ । बिहानको खानाले दिनभरको लागि उर्जा दिन्छ । ब्रेकफास्टमा स्वस्थ आहारको सेवन गर्नु राम्रो हुन्छ । जस्तै मौसम अनुसारको फलफूल, जुस, उसिनेको अण्डा आदि ।
३।पर्याप्त मात्रामा पानी पिउनु
दैनिक ७(८ गिलास पानी पिउनुपर्छ । पानीले शरिरलाई डिहाइड्रेट हुनबाट बचाउनका साथै विभिन्न स्वास्थ्य सम्बधी समस्याबाट पनि बचाउछ । पानीले शरिरमा भएको विशाक्त पर्दाथको नष्ट गर्छ । यसको सेवनले पेटको पनि स्वस्थ राख्छ ।
४।हरियो सागसब्जीको सेवन
हरियो सब्जीमा भिटामिन,मिनीरल,फाइबर, आइरन पाउनका साथै अन्य पौष्टिक तत्वको राम्रो स्रोत हो । त्यसैले स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा क्यालोरी र फ्याटको मात्रा कम भएकोले शरिरको तौल पनि नियन्त्रणमा राख्छ ।
५् सिंढीको प्रयोग
लिफ्टको सट्टा सिंढीको प्रयोग गर्नु स्वास्थ्यको लागि लाभदायक हुन्छ । यसले शारिरीक रुपमा कसरत हुन्छ र शरिरको तौल नियन्त्रण राख्छ । सिंढीको प्रयोग गर्नाले शरिरको फ्याट बर्न हुन्छ ।
September 21, 2018 12:50 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण