तौल कम भएपछि कहाँ हराउँछ पेटको वोसो ?
तौल घटाएपछि धेरैजसो व्यक्ति सोच्ने गर्छन्, आखिर पेटको वोसो कहाँ हराउँछ ? यो प्रश्न धेरैको मनमा आउने गर्छ । स्वास्थ्य क्षेत्रमा दख्खल राख्ने करिब एक सय ५० भन्दा बढी मानिस सामु याही जिज्ञासा राखिएको थियो, जसमा धेरै मानिसले धेरै किसिमको जवाफ दिएका थिए । त्यसमध्ये केही जवाफ रमाइलो थियो भने केही आश्चर्यलाग्दो ।
जे होस् आएको जवाफमध्य करिब ९८ प्रतिशत जवाफ भने गलत नै थियो । किनकी उक्त शोधमा धेरैजसो मानिसले के जवाफ दिएका थिए भने घटेको वोसो उर्जामा बदलिन्छ । जबकी शोर्धकताहरु भने यो कुरा मान्नका लागि कुनै पनि हालतमा तयार थिएनन् । उनीहरुको भनाई थियो, यो हुनै सक्दैन किनकी यसले पदार्थलाई संरक्षण गर्ने नियमको उल्लघन हुन्छ ।
त्यसो भए के हुन्छ त ? : अनुसन्धानमा भाग लिएका केही मानिसहरुले उक्त वोसो मांसपेशीमा बदलिने जवाफ दिएका थिए भने केहीले मलको रुपमा शरीरबाट बाहिर निस्कने जवाफ फर्काएका थिए ।हुन त पाचन प्रक्रिया र वजन कम गर्ने कुरालाई लिएर पहिले देखि नै विभिन्न किसिमको भ्रम रहँदै आएका छन् । त्यसमा पनि कम भएको वोसो आखिर कहाँ जान्छ त भन्ने कुरालाई लिएर अझै पनि भ्रम विद्यमान छ ।तथापी, अष्ट्रेलियाको सिड्नी युनिभर्सिटी अफ साउथ वेल्सका प्रोफेसर एन्ड्रयु जे ब्राउन तथा अनुसन्धानकर्ता रुबेन मीरमानले भने यसको सही जवाफ दिएका छन् । जुन व्रिटिश मेडिकल जर्नलमा समेत प्रकाशित थियो ।
उनीहरुका अनुसार तौल कम भएपश्चात्त पेटमा जम्मा भएको बोसो कार्वन डाइअक्साइड तथा पानीमा बद्लिन्छ । सामान्यतया, सास फेर्दा शरीरमा अक्सिजन लिएर पेट भित्र रहेको कार्वन डाई अक्साइडलाई बाहिर फाल्ने गरिन्छ । र, पानीलाई पिसाबको माध्यमद्धारा बाहिर निकाल्ने गरिन्छ ।अर्थात, हामी जे खान्छौ, त्यो कार्वन डाइअक्साइडको रुपमा शरीरबाट बाहिर निस्कने गर्छ । र, विशेषज्ञहरु पनि यही भन्छन्, हामीले लिने जुनसुकै तरीकाको कार्बोहाइड्रेट तथा वोसो पनि कार्वन डाइअक्साइड तथा पानीको रुपमा टुक्रिने गर्छ ।
त्यसो भए के लामो तथा गहिरो सास लिनु नै तौल कम गर्ने सही तरीका हो ?
यही प्रकि्रया प्रोटिनमा पनि हुन्छ । प्रोटिनको सेवन पश्चात्त केही कुरा युरिया तथा अन्य विषाक्तको रुपमा विभाजित हुन्छ र अन्तमा मल, पसिना तथा पिसाबको रुपमा शरीरबाट बाहिर निस्कने गर्दछ ।
फाइवर मात्र एउटा यस्तो चीज हो, जुन पेटसम्म पुगेर पाचन प्रक्रिया पश्चात्त बाकी रहेको अवशेष मलको रुपमा शरीरबाट बाहिर निस्कने गर्दछ ।
यस कुरालाई सत्य मान्ने हो भने के छिटो छिटो सास फेर्दैमा तौल कम गर्न सकिन्छ त ?
‘सकिदैन, पक्कै सकिदैन’, प्रोफेसर एन्ड्यु जे ब्राउन तथा अनुसन्धानकर्ता रुबेन मीरमान यस्तो कुरा नगर्न चेतावनी दिने गर्छन् । उनीहरु भन्छन्, ‘यसो गर्नाले चक्कर लागेर मान्छे बेहोेश समेत हुनसक्छ ‘ ।
त्यसैले, उनीहरु स्वस्थ तरीकाले वजन कम गर्न डाइटमा क्यालोरीको मात्रा कम गर्न तथा शरीरीक व्यायाममा विशेष जोड दिन सुझाव दिने गर्छन् ।
September 23, 2018 2:03 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण