निर्मला हत्या प्रकरणः प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको ठहर
काठमाडौं – प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ।
एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले गम्भीर प्रकृतिको लापरबाही भएको ठहर गरेको हो।
समितिले तत्कालीन समयमा फिल्डमा खटिएका प्रहरी अधिकृतहरुले लापरबाही गर्दा प्रहरी संगठनको समेत बदनाम भएको जनाएको छ । गल्ती गर्ने अधिकृतहरुलाई कारबाही गर्न प्रहरीले कानुन शाखाका प्रहरी उपरीक्षक एसपी गणेश रेग्मीको संयोजकत्वमा छुट्टै टोली बनाएको छ।
त्यस्तै अनुसन्धान पाटोमा कहाँ कमजोरी भएको हो भन्नेबारे अनुसन्धान गर्न डिएसपी रमेश थापा खटिएका छन् भने प्रविधिको अनुसन्धान गर्न डिएसपी कौशल अधिकारी खटिएका छन्। उनीहरुलाई सहयोग गर्न महानगरीय अपराध महाशाखाका प्रहरी नायब निरीक्षक गजेन्द्र रावल खटिएका छन्।
प्रहरी प्रधान कार्यालयले उनीहरुलाई शनिबारदेखि नै काम लगाएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार तत्कालीन एसपी डिल्लीराज बिष्टले प्रयोग गरेका चारवटा मोवाइल सिम सबै थुतेर अनुसन्धान भइरहेको छ। साथै उनको पोलिग्राफ टेस्ट डिएनए परीक्षणको रिपोर्ट आएपछि मात्रै गरिने पनि स्रोतले जनाएको छ।, यो खबर आजको नागरिकदैनिकमा छ ।
September 24, 2018 3:33 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।