कयौ खतरनाक रोग नियन्त्रणका लागि लाभदायक अम्बा,जान्नुहोस् यसको फाइदा
अम्बा यस्तो फल जुन नेपालको तराईदेखि पहाडसम्म उपलब्ध हुन्छ । सर्वसुलभ फल भएता पनि अम्बा मानिसका लागि अत्यन्तै स्वस्थकर हुन्छ ।यसमा कुनै प्रकारका विषादी प्रयोग नगरिने भएकाले स्वास्थ्यमा कुनै असर पुर्याउला भन्ने चिन्ता पनि लिनु पर्दैन । अम्बा फल मात्र नभएर थुप्रै रोगको औषधी नै हो ।
अम्बाबाट स्वास्थ्यमा के मिल्छ ?
– अम्बा क्याल्सीयम, भिटामिन सी, ए, आइरन, फाइवरलगायतका भिटामिन तथा मिनरल्सको निकै राम्रो श्रोत हो । जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।
– अम्बामा भएका मसिना दानाले शरिरमा मेटावोलिजमको मात्रालाई सन्तुलित राख्ने काम गर्छ । जसले गर्दा पाचन प्रणाली स्वस्थ रहनको लागि सहयोग पुग्छ । उक्त दानामा भएका रसायनयुक्त पदार्थले पनि पाचन प्रणालीलाई सुदृढ गर्न अहम भूमिका निर्वाह गर्छ ।

– अम्बा भिटामिन एको पनि निकै राम्रो स्रोत भएकाले आखाँलाई स्वस्थ राख्ने काम गर्छ । यसको सेवनले मोतियाविन्दु, आँखाको धम्बा हुनबाट बचाउने मात्र होइन दृष्टि क्षमतासमेत पढाउने काम गर्छ ।
– यसमा भएको आइरनले शरिरमा रगतकोशिका बढाउनमा महत्वपूर्ण भूमिका खेल्छ । जसको कारण रक्तअल्पतालगायत रगतसम्बन्धी कैयौँ समस्याबाट बच्न सकिन्छ ।
बच्चाको लागि अति लाभदायक
– बालबालिकालाई लागि अम्बा एक उत्कृष्ट फल हो । यसमा भएको बालबालिका लागि अतिआवश्यक भिटामिन, आइर, मिनरल्सले उनीहरुको स्वास्थ्यमा सकरात्मक प्रभाव पार्छ ।
– बालबालिकामा पाचन प्रणालीमा अत्याधिक समस्या देखिने गर्छ । अम्बाको सेवनले त्यस्तो समस्यालाई दुर गर्ने काम गर्छ । जसले गर्दा बालबालिका कैयौँ रोगबाट बच्न सक्छन् ।
– अम्बाले बच्चाको हाड बलियो बनाउनमा सहयोग पुर्याउँछ । यसका साथै कब्जीयत हुनबाट पनि बचाउँने गर्छ ।
अम्बा यसकारण औषधी
– अम्बामा भएको अत्यधिक फाईबरको मात्राले शरिरमा कार्वोहाइड्रेटलाई सन्तुलन राख्ने काम गर्छ । र, इन्सुलिनको मात्रा पनि स्थिर रहन जान्छ । त्यस्तैले अम्बाले मधुमेहको समस्याबाट बचाउनमा भुमिका खेल्छ । यसले ‘टाइप-टू’ मधुमेहका विरामीका लागि औषधीकै काम गर्छ ।
– अम्बाले क्यानसरजस्तो खतरनाक रोगबाट बचाउनमा पनि सहयोग पुर्याउँछ । त्यसैले यसलाई दैनिक आहारमा प्रयोग गर्न सकिन्छ । अम्बामा एन्टि-अक्सिडेन्टको मात्रा पनि हुन्छ । जसले प्रोस्टेट र ब्रेस्ट क्यान्सरको सम्भावनालाई कम गर्छ ।
– अम्बा कपरकोसमेत निकै राम्रो स्रोत हो । कपरले थाइराइडको समस्यालाई नियन्त्रण गर्न सहयोग गर्छ । अम्बाले थाइराइड ग्रन्थीलाई पनि स्वस्थ राख्ने काम गर्छ ।
– तपाई कब्जीयतको समस्याले ग्रस्त हुनुहुन्छ भने आजैदेखि अम्बाको सेवन गर्न शुरु गर्दा हुन्छ । जसले निकै राहात प्रदान गर्छ ।
– यसले मस्तिष्कको विकासमासमेत सकरात्मक भूमिका खेल्छ । भिटामिन बी, थ्री र सीक्स पाइने भएकाले अम्बाको सेवनले पस्तिष्कको रक्तसञ्चार बढ्न जान्छ । यसले कग्नेटिभ क्रियाकलामा सुधार ल्याउनुका साथै ध्यानकेन्दित गर्नमा पनि भूमिका खेल्छ ।
– यो रुघा, खोकी लागेका मानिसलाई अम्बा औषधी नै सावित हुन्छ ।
– अम्बालले उच्च रक्तचापलाई नियन्त्रण गर्ने काम गर्छ । त्यतिमात्र नभएर यसले कोलेस्टोललाई पनि नियन्त्रणमा राख्छ । जसकारण तौल कम गर्न चाहने मानिसको लागि फाइदा पुग्छ । यसमा भएको पोटाशियमले रक्तसञ्चारलाई सन्तुलित राख्न भूमिका खेल्छ ।
– अम्बाले छालालाईसमेत स्वास्थ राख्ने काम गर्छ ।
September 27, 2018 11:45 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण