Wednesday 11th February 2026

‘अमला’ कब्जियत,अपच,अनिद्रा,बुढ्यौलीपन जस्ता समस्याहरूको लागि औषधि !

7 years अगाडी

अमलालाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ। अमलाको बोट र फल त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ ।

३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ ।

अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ ।

सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ । यो एउटा सानो पतझर रुख हो । यो घाम मन पराउने बिरुवा हो । त्यसैले यो तराई, र तल्लो पहाडी भागमा पाइन्छ । यसका पातहरू एउटै डाँठमा मसिना दुवैतिर लहरै मिलेका हन्छन् । यसमा चैत्र– वैशाखतिर फूलहरू लाग्दछन् ।

फूलहरू पातको मुन्तिर टम्म मिलेर फुल्दछन् । फूलहरू वास्नादार, हरिया तथा पहेंला रंगका हुन्छन् । यसका फलहरू गुदीदार हुन्छन्, फलको आकार गोलो किसिमको करीब २ से।मी। व्यास भएका हुन्छन् । फलहरू पहिले हरिया र पाकेपछि हल्का पहेला हुन्छन् । फलमा हल्का ६ वटा धर्साहरू देखिन्छन् ।

त्रिफलाले दिसा सफा गराउने , सुन्निएको कलेजो ,ववासिर र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ । अमलाको फल खाना पचाउने ,रक्तअल्पत्ता ,कमलपित्तमा पनि उपयोगी मानिन्छ । सुकेका फलहरू आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ ।

यस बाहेक यसका फलहरू कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ ,भने फल तथा बोक्रा छाला प्रशोधन गर्न र रङ्गाउन पनि प्रयोग गरिन्छ । यसको फल नै उपयोगी अङ्ग हो । त्यसकारण यसका फलहरू संकलन गर्ने गरिन्छ। लगाइएको ७ र ८ वर्ष यसमा राम्ररी फल लाग्दछ ।

असोजदेखि फागुनसम्म फलहरू संकलन गर्ने गरिन्छ। आयुर्वे्दिक दृष्टिकोणले पनि अमलाको महत्व धेरै छ । अमलामा रहेको तत्वले दिमाग तेज बनाउँछ । त्यसैगरी छालाका कतिपय समस्यालाई पनि हटाउँछ ।

अमलाले पुर्याउने फाइदा यस्तो रहेका छन् :-

अमलाको नियमित सेवनले चाउरिएको अनुहार फुकाउँछ र बुढ्यौलीपनालाई कम गर्छ ।

अमलाले कपाललाई कपाललाई बाक्लो, कालो र चम्किलो बनाउँनुको साथै कपाललाई टुक्रनबाट रोक्छ ।

अमलाको जुसमा थोरै मह मिसाएर पिउनाले आँखालाई एकदमै फाइदा पुग्ने गर्छ ।

रोग प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछ ।

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसको नियमित सेवनले शरीरको सेल बढाउनुका साथै स्फूर्त पनि राख्छ ।

महिलामा देखापर्ने विभिन्न शारीरिक समस्याबाट मुक्त राख्न अमलाले विशेष भूमिका खेल्ने गर्छ । रक्त सञ्चालन गराउँछ रमुटुसम्बन्धी रोग लाग्नबाट पनि बचाउछ ।

अमलाले रगतमा चिनीको नियन्त्रण गर्छ ।पाचन प्रणालीलाई मजबुत बनाउने गर्छ । अमला खाँदा कब्जियत, अपच, पखालाजस्ता समस्या समाधान गर्छ ।

अमलामा पानीको मात्रा पनि हुन्छ यसले पिसाबसम्बन्धी समस्या हटाउने गर्छ ।

अमलाको सेवनले अनिद्राको समस्या कम हुन्छ ।

          September 30, 2018 11:41 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...