Wednesday 11th February 2026

म:म मिठो लाग्छ ? होसियार ! म:म खाँदा लाग्नसक्छ ज्यान नै जाने यी खतरनाक रोगहरु !

7 years अगाडी

बजारमा पाइने धेरै प्रकारका परिकारहरु मैदाबाट बनेको पाउँछौं । डाक्टरहरुका अनुसार त्यस्ता परिकारहरु खाँदा अनावश्यक तौल बढ्ने हुन्छ । साथै हड्डी पनि खिइन्छ । दैनिक मैदाबाट बनेको मम खानु शरीरका लागि खतरनाक हुन्छ ।मम होस् वा अन्य मैदाबाट बनेको खानेकुराको साइड इफेक्ट हुन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ । मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ ।

ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ । ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ ।जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मम वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् ।

दैनिक एक करोडको म.म. खान्छन् काठमाडौँमा नेपालको शहरी क्षेत्रमा पहिलो रोजाईमा पर्ने खाजाको परिकार म.म. आजभन्दा ६० बर्षअघि काठमाण्डौ भित्रिएको हो । काठमाण्डौका नेवार समुदाय व्यापारका सिलसिलामा तिब्बत जाने–आउने क्रम चल्दा म.म. बनाउने कला पनि लिएर फर्किए । तिब्बतमा पाईने म.म.बारे अभ्यस्त भएर नेपाली व्यापारीहरुले नेपाल भित्र्याएका हुन् । नेपालमा व्यवसायीकरुपमा म.म.ले बजार लिएको एकिन समय नभएपनि ५० बर्ष नाघिसकेको छ ।

तिब्बत र नेपालको म.म. चीनको तिब्बततिर म.म. को आकार नेपालमा पाइने भन्दा ठूलो हुन्छ । नेपालमा भने नेपाली व्यापारीहरुले आफ्नै शैलीमा ढालेर म.म. लाई सर्वप्रीय बनाउदै लगे । तिब्बती खान्की मोहमो ः लाई नेपाल भित्रिएपछि म.म. भन्न थालियो । तिब्बतमा लाम्चो आकारको म.म. पाइन्छ भने नेपालमा लाम्चो तथा डल्लो म.म. बन्ने गरेको छ ।

नेपालमा नेवारी समुदायका व्यापारीले त्यसबेला लाम्चो आकारको म.म. बाट डल्लो बनाएर त्यसलाई आफ्नै नाम दिए । डल्लो आकारको म.म.लाई नेवारी भाषामा मःमचा भनिन्छ । चा अर्थात लोकल । तिब्बतमा पाईने म.म. मा नुन र प्याजको प्रयोग हुन्छ भने नेपालमा भित्रिएपछि म.म. मा मसला,प्याजका साथै अचारलाई पनि अनिवार्य बनाइयो । जसले गर्दा तिब्बती भन्दा नेपाली म.म. स्वादिलो मानिन्छ

नेपालमा म.म. व्यापारको सुरुवात : आजभन्दा ५० बर्षअघि नेपालमा म.म.लाई व्यवसायको रुपमा अंगालिएको थिएन । तिब्बतबाट म.म. बनाउन सिकेर स्वदेश फर्केका नेपाली व्यापारीहरुले आफ्नै घरमा आउने आफन्त,पाहुनाहरुलाई खुवाउन नयाँ परिकारको रुपमा यसलाई अघि सारे । त्यसबेला शनिबार वा फुर्सदको समयमा काठमाण्डौका बासिन्दाले घरैमा म.म. पकाएर खाने गर्थे ।विं सं २०२० सालपछि भने नेपालमा व्यवसायीकरुपमा म.म. लाई अगाडी सारिएको बताउछन् चेन रेष्टुराँ नाङ्लोका सञ्चालक श्यामसुन्दर कक्षपति ।

उनका अनुसार व्यवसायीले ललितपुरको पाटनका अध्यारो र साँघुरा गल्लीमा म.म. बनाएर बिक्रि गर्न थालेका हुन् । त्यसबेला मानिस लुकीलुकी म.म. खाने गर्थे । सुरु सुरुमा बफ म.म. मात्रै बन्ने गथ्र्यो ।

बफ म.म. लोकप्रीय : बफ म.म. बाट नै नेपालमा म.म. को व्यवसाय सुरु भएको हो । अहिले पनि बफ म.म. नै बढि बिक्रि हुने गरेको छ । नेपालमा अहिले बफ,चिकेन,मटन,पोर्ग,पनिर,फिस,भेज म.म.देखि केराको म.म. समेत सुरुवात भइसकेको छ ।रागाँभैसीको मासु राखेर बनाइने म.म. नै दैनिकरुपमा अरु म.म.भन्दा बढि बिक्रि हुने गरेको व्यापारीहरु बताउछन् । ४ दशक अघिदेखि सञ्चालनमा रहेका विभिन्न म.म. पसलहरुले अहिलेसम्म पनि बफ म.म. मात्रै बिक्रि गर्दै आएका छन् ।

एभरेष्ट म.म. कमलपोखरी,फाइभस्टार म.म.बसन्तपुर जस्ता दशकौदेखि चल्दै आएका म.म. पसलहरुले अहिलेसम्म बफ म.म. मात्रै बनाउने गरेका छन् । काठमाण्डौमा दैनिक एक करोडको म.म. बिक्छ विभिन्न पेशा,व्यवसायका मानिसहरुले छिटो तथा सर्वसुलभ र एकपटक खाएपछि खानाले जस्तै भोक मेट्नेभएकाले पनि म.म. अन्य खाजाका परिकारभन्दा पहिलो रोजाईमा परेको देखिन्छ । नेपालीहरुले पैसा, स्वाद र सन्तुष्टिका हिसावले पनि अन्य खाजाभन्दा म.म.लाई नै प्राथमिकता दिने गरेका छन् ।

काठमाण्डौका पाँचतारे होटेलदेखि सडकको छेउमा ठेलागाडामा समेत म.म.को व्यापार हुन्छ । म.म. एक प्लेटको ६० रुपैयादेखि १ हजार रुपैयासम्म बिक्री हुने गरेको छ । ठेलागाडादेखि सामान्य होटल तथा खाजाघरहरुमा म.म. प्रतिप्लेट ६० देखि एक सय रुपैयामा पाइएपनि रेष्टुरेन्ट तथा ठूला होटलहरुमा त्यो भन्दा बढि मूल्यमा बिक्री हुन्छ । अनौपचारिक तथ्यांकअनुसार काठमाण्डौ उपत्यकामा मात्र दैनिक एक करोड रुपैयाको म.म.बिक्री हुन्छ । जसमध्ये सबैभन्दा बढि बफ म.म. कै कारोबार हुन्छ ।

उपत्यकामा दैनिक काटमार कति ? : पशुसेवा विभागको केन्द्रिय भेडाबाख्रा प्रर्वद्धन कार्यालयका पशुविकास अधिकृत देबी मजाकोटीका अनुसार काठमाण्डौ उपत्यकामा दैनिक ४ सय २० वटाजति राँगाभैँसी काटिन्छन् । त्यस्तै दैनिक २६ सय बढि खसीबोका र २३ हजार कुखुरा काटिन्छन् । मजाकोटीका अनुसार बंगुरको एकिन तथ्यांक भने राखिएको छैन । यद्यपी दैनिक कम्तिमा एक ट्रक बंगुर भित्रिने गरेको छ । जसअनुसार काठमाण्डौमा दैनिक २५ वटा भन्दा माथी बंगुर काटिन्छन् ।

बधशाला व्यवस्थित छैन : मुलुकभर मासुका लागि दैनिक हजारौँ पशुपक्षीं काटमार हुन्छ । तर,सरकारी बधशाला कतै छैन । निजी बधशाला तथा बधस्थलमध्ये धेरै अव्यवस्थितरुपमा सञ्चालित छन् । कतिपय बधशालाको क्षेत्र वरिपरी स्थानीय वासिन्दालाई असर पर्नेगरी वातावरण दुर्गन्धित भइरहेको पाइन्छ ।

सरकारी निकायबाट अनुगमन नहुँदा अव्यवस्थित एवं दुर्गन्धित स्थलबाट नै पशुपंक्षी काटमार तथा मासु बिक्रीवितरण भइरहेको पाइन्छ । पशुपन्क्षी बजार प्रर्वद्धन निर्देशनालयकी पशुसेवा अधिकृत पुजा शर्माका अनुसार सरकारले मासुजन्य उद्योग प्रर्वद्धन भनेर मुलुकभरका लागि २५ वटा क्षेत्रमा अनुदान दिइने र हरेक विकासक्षेत्रमा दुईवटाको दरले बधस्थल बनाउन लागिएको छ ।

काठमाण्डौ उपत्यकामा व्यवस्थित बधशाला छैन । उपत्यकामा नीजि क्षेत्रमा मासु व्यवसायी संघ अर्थात खड्गी समाज नेपाल भएपनि परम्परागतरुपले नै पशुपंक्षी काटमार हुँदा बधस्थलहरु व्यवस्थित हुन सकेका छैनन् । सरकारी निकायबाट प्रत्येक चार महिनामा एकपटक अनुगमन हुने बताइएपनि त्यो उपलव्धिमुलक हुन सकेको छैन ।

काठमाण्डौका चर्चित केहि म.म. पसलहरु

– एभरेष्ट म.म. कमलपोखरी

– फाइभस्टार म.म. बसन्तपुर

– न्यु एभरेष्ट म.म. लैनचौर

– कालिकास्थान म.म. कालिकास्थान ।

– धरहरा म.म. सुन्धारा ।

– शिखर म.म. कोटेश्वर ।

– नारायणदाईको म.म.पसल,गौशाला ।

          October 2, 2018 11:24 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...