म:म मिठो लाग्छ ? होसियार ! म:म खाँदा लाग्नसक्छ ज्यान नै जाने यी खतरनाक रोगहरु !
बजारमा पाइने धेरै प्रकारका परिकारहरु मैदाबाट बनेको पाउँछौं । डाक्टरहरुका अनुसार त्यस्ता परिकारहरु खाँदा अनावश्यक तौल बढ्ने हुन्छ । साथै हड्डी पनि खिइन्छ । दैनिक मैदाबाट बनेको मम खानु शरीरका लागि खतरनाक हुन्छ ।मम होस् वा अन्य मैदाबाट बनेको खानेकुराको साइड इफेक्ट हुन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ । मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ ।
ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ । ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ ।जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मम वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् ।
दैनिक एक करोडको म.म. खान्छन् काठमाडौँमा नेपालको शहरी क्षेत्रमा पहिलो रोजाईमा पर्ने खाजाको परिकार म.म. आजभन्दा ६० बर्षअघि काठमाण्डौ भित्रिएको हो । काठमाण्डौका नेवार समुदाय व्यापारका सिलसिलामा तिब्बत जाने–आउने क्रम चल्दा म.म. बनाउने कला पनि लिएर फर्किए । तिब्बतमा पाईने म.म.बारे अभ्यस्त भएर नेपाली व्यापारीहरुले नेपाल भित्र्याएका हुन् । नेपालमा व्यवसायीकरुपमा म.म.ले बजार लिएको एकिन समय नभएपनि ५० बर्ष नाघिसकेको छ ।
तिब्बत र नेपालको म.म. चीनको तिब्बततिर म.म. को आकार नेपालमा पाइने भन्दा ठूलो हुन्छ । नेपालमा भने नेपाली व्यापारीहरुले आफ्नै शैलीमा ढालेर म.म. लाई सर्वप्रीय बनाउदै लगे । तिब्बती खान्की मोहमो ः लाई नेपाल भित्रिएपछि म.म. भन्न थालियो । तिब्बतमा लाम्चो आकारको म.म. पाइन्छ भने नेपालमा लाम्चो तथा डल्लो म.म. बन्ने गरेको छ ।
नेपालमा नेवारी समुदायका व्यापारीले त्यसबेला लाम्चो आकारको म.म. बाट डल्लो बनाएर त्यसलाई आफ्नै नाम दिए । डल्लो आकारको म.म.लाई नेवारी भाषामा मःमचा भनिन्छ । चा अर्थात लोकल । तिब्बतमा पाईने म.म. मा नुन र प्याजको प्रयोग हुन्छ भने नेपालमा भित्रिएपछि म.म. मा मसला,प्याजका साथै अचारलाई पनि अनिवार्य बनाइयो । जसले गर्दा तिब्बती भन्दा नेपाली म.म. स्वादिलो मानिन्छ
नेपालमा म.म. व्यापारको सुरुवात : आजभन्दा ५० बर्षअघि नेपालमा म.म.लाई व्यवसायको रुपमा अंगालिएको थिएन । तिब्बतबाट म.म. बनाउन सिकेर स्वदेश फर्केका नेपाली व्यापारीहरुले आफ्नै घरमा आउने आफन्त,पाहुनाहरुलाई खुवाउन नयाँ परिकारको रुपमा यसलाई अघि सारे । त्यसबेला शनिबार वा फुर्सदको समयमा काठमाण्डौका बासिन्दाले घरैमा म.म. पकाएर खाने गर्थे ।विं सं २०२० सालपछि भने नेपालमा व्यवसायीकरुपमा म.म. लाई अगाडी सारिएको बताउछन् चेन रेष्टुराँ नाङ्लोका सञ्चालक श्यामसुन्दर कक्षपति ।
उनका अनुसार व्यवसायीले ललितपुरको पाटनका अध्यारो र साँघुरा गल्लीमा म.म. बनाएर बिक्रि गर्न थालेका हुन् । त्यसबेला मानिस लुकीलुकी म.म. खाने गर्थे । सुरु सुरुमा बफ म.म. मात्रै बन्ने गथ्र्यो ।
बफ म.म. लोकप्रीय : बफ म.म. बाट नै नेपालमा म.म. को व्यवसाय सुरु भएको हो । अहिले पनि बफ म.म. नै बढि बिक्रि हुने गरेको छ । नेपालमा अहिले बफ,चिकेन,मटन,पोर्ग,पनिर,फिस,भेज म.म.देखि केराको म.म. समेत सुरुवात भइसकेको छ ।रागाँभैसीको मासु राखेर बनाइने म.म. नै दैनिकरुपमा अरु म.म.भन्दा बढि बिक्रि हुने गरेको व्यापारीहरु बताउछन् । ४ दशक अघिदेखि सञ्चालनमा रहेका विभिन्न म.म. पसलहरुले अहिलेसम्म पनि बफ म.म. मात्रै बिक्रि गर्दै आएका छन् ।
एभरेष्ट म.म. कमलपोखरी,फाइभस्टार म.म.बसन्तपुर जस्ता दशकौदेखि चल्दै आएका म.म. पसलहरुले अहिलेसम्म बफ म.म. मात्रै बनाउने गरेका छन् । काठमाण्डौमा दैनिक एक करोडको म.म. बिक्छ विभिन्न पेशा,व्यवसायका मानिसहरुले छिटो तथा सर्वसुलभ र एकपटक खाएपछि खानाले जस्तै भोक मेट्नेभएकाले पनि म.म. अन्य खाजाका परिकारभन्दा पहिलो रोजाईमा परेको देखिन्छ । नेपालीहरुले पैसा, स्वाद र सन्तुष्टिका हिसावले पनि अन्य खाजाभन्दा म.म.लाई नै प्राथमिकता दिने गरेका छन् ।
काठमाण्डौका पाँचतारे होटेलदेखि सडकको छेउमा ठेलागाडामा समेत म.म.को व्यापार हुन्छ । म.म. एक प्लेटको ६० रुपैयादेखि १ हजार रुपैयासम्म बिक्री हुने गरेको छ । ठेलागाडादेखि सामान्य होटल तथा खाजाघरहरुमा म.म. प्रतिप्लेट ६० देखि एक सय रुपैयामा पाइएपनि रेष्टुरेन्ट तथा ठूला होटलहरुमा त्यो भन्दा बढि मूल्यमा बिक्री हुन्छ । अनौपचारिक तथ्यांकअनुसार काठमाण्डौ उपत्यकामा मात्र दैनिक एक करोड रुपैयाको म.म.बिक्री हुन्छ । जसमध्ये सबैभन्दा बढि बफ म.म. कै कारोबार हुन्छ ।
उपत्यकामा दैनिक काटमार कति ? : पशुसेवा विभागको केन्द्रिय भेडाबाख्रा प्रर्वद्धन कार्यालयका पशुविकास अधिकृत देबी मजाकोटीका अनुसार काठमाण्डौ उपत्यकामा दैनिक ४ सय २० वटाजति राँगाभैँसी काटिन्छन् । त्यस्तै दैनिक २६ सय बढि खसीबोका र २३ हजार कुखुरा काटिन्छन् । मजाकोटीका अनुसार बंगुरको एकिन तथ्यांक भने राखिएको छैन । यद्यपी दैनिक कम्तिमा एक ट्रक बंगुर भित्रिने गरेको छ । जसअनुसार काठमाण्डौमा दैनिक २५ वटा भन्दा माथी बंगुर काटिन्छन् ।
बधशाला व्यवस्थित छैन : मुलुकभर मासुका लागि दैनिक हजारौँ पशुपक्षीं काटमार हुन्छ । तर,सरकारी बधशाला कतै छैन । निजी बधशाला तथा बधस्थलमध्ये धेरै अव्यवस्थितरुपमा सञ्चालित छन् । कतिपय बधशालाको क्षेत्र वरिपरी स्थानीय वासिन्दालाई असर पर्नेगरी वातावरण दुर्गन्धित भइरहेको पाइन्छ ।
सरकारी निकायबाट अनुगमन नहुँदा अव्यवस्थित एवं दुर्गन्धित स्थलबाट नै पशुपंक्षी काटमार तथा मासु बिक्रीवितरण भइरहेको पाइन्छ । पशुपन्क्षी बजार प्रर्वद्धन निर्देशनालयकी पशुसेवा अधिकृत पुजा शर्माका अनुसार सरकारले मासुजन्य उद्योग प्रर्वद्धन भनेर मुलुकभरका लागि २५ वटा क्षेत्रमा अनुदान दिइने र हरेक विकासक्षेत्रमा दुईवटाको दरले बधस्थल बनाउन लागिएको छ ।
काठमाण्डौ उपत्यकामा व्यवस्थित बधशाला छैन । उपत्यकामा नीजि क्षेत्रमा मासु व्यवसायी संघ अर्थात खड्गी समाज नेपाल भएपनि परम्परागतरुपले नै पशुपंक्षी काटमार हुँदा बधस्थलहरु व्यवस्थित हुन सकेका छैनन् । सरकारी निकायबाट प्रत्येक चार महिनामा एकपटक अनुगमन हुने बताइएपनि त्यो उपलव्धिमुलक हुन सकेको छैन ।
काठमाण्डौका चर्चित केहि म.म. पसलहरु
– एभरेष्ट म.म. कमलपोखरी
– फाइभस्टार म.म. बसन्तपुर
– न्यु एभरेष्ट म.म. लैनचौर
– कालिकास्थान म.म. कालिकास्थान ।
– धरहरा म.म. सुन्धारा ।
– शिखर म.म. कोटेश्वर ।
– नारायणदाईको म.म.पसल,गौशाला ।
October 2, 2018 11:24 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण