पढ्नुहोस र सेयर गर्नुहोस,ज्वानोले रक्सी छुटाउन मद्धत गर्ने मात्र नभई यस्ता छन् विभिन्न फाइदाहरु
हामी हाम्रो भान्सामा ज्वानो कमै प्रयोग गर्छौं । यो हामी बडी मात्रामा घरमा कोही सुत्केरी भएको समयमा झोल खुवाउनको लागी प्रयोग गर्छौं
ज्वानोले हामीलाई पुर्याउने फाइदाहरु यस प्रकार छन् :
पेट दुखाईलाई आराम : ज्वानोमा रक्सीमा हुने समेत गुण भएकाले पेट दुखाईमा प्रयोग गर्दा तत्काल लाभ हुन्छ । मन तातो पानीमा अलिकति ज्वानो थोरै नुन हालेर खाएमा पेटमा भएको अपच ठिक भएर जान्छ । खानासँगै त्यत्तिकै ज्वानो खाँदा पनि फरक पर्दैन ।
सर्दीलाई फाइदा : सर्दी अथवा रुघाघोकीमा ज्वानो अमृततुल्य हुन्छ । १५ देखि २० दिनसम्म लगातार भुटेको ज्वानो २ ग्राम जति खाने हो भने ठिक हुन्छ । मनतातो पानीसँगै ज्वानो चपाएर खाँदा खोकीमा फाइदा गर्छ ।
दमलाई आराम : दम रोग लागेकोमा ज्वानोको धुवाँ लिँदा सास फेर्न सहज बनाउँछ । ज्वानो र सखर मिलाएर दैनिक खाने हो भने दम रोगलाई निकै फाइदा पुर्याउँछ ।
मधुमेह नियन्त्रण : १ चियाचम्चा ज्वानोको दाना र ४ चियाचम्चा बेलपातको जुस दिनको दुईदेखि तीनचोटी खाँदा मधुमेह नियन्त्रण हुन्छ ।
रक्सी छुटाउन : ज्वानो प्रयोग गरेर बनाइएको ‘काँढापानी’ प्रत्येक रात सुत्नेबेला ३० मिलिलिटर करिब ५० दिनसम्म सेवन गर्ने हो भने यसले रक्सी अम्मली हटाउन सहयोग गर्छ ।
हैजामा ज्वानो : हैजाका कारक किटाणुहरूलाई मार्नमा ज्वानो सहायक हुने भएकाले हैजामा ज्वानो सेवनको सल्लाह दिइन्छ ।
मिर्गौलामा हुने पत्थरीलाई सहयोग : ज्वानो, मह र चुक अमिलो सम्मिश्रण नियमित १० दिनसम्म प्रयोग गर्ने हो भने यसले मृगौलाको पत्थरीलाई गलाउन सहयोग पु-याउँछ ।
तौल घटाउन मद्धत : ज्वानोमा पेटमा भएका धेरै रोगलाई हटाउने सामथ्र्य छ । यसले दिसा खलास बनाउँछ र तपार्इँको तौल घटाउनमा समेत सहयोग पु-याउँछ ।
पेट फुल्ने रोग र वायुविकारमा ज्वानो : वायुविकार र पेट फुल्ने रोगमा जादुगरी औषधी हो ज्वानो । ज्वानो उमालेर त्यसको वाफ खाने हो भने उल्लिखित रोगहरूमा धेरै नै लाभ हुन्छ ।
यसको प्रयोग हामी स्वास्थ्यमा आउने भिन्न समस्याहरुको समधान गर्नको लागी औषधीको रुपमा पनि प्रयोग गर्न सक्छौं । यसलाई हामीले सही तरिकाले प्रयोग गर्न जान्ने हो भने यो हाम्रो स्वास्थ्यको लागी निकै नै लाभदायक हुनसक्छ ।
October 3, 2018 10:49 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण