जानी राखौ,रायोको साग खानुहोस्, यी रोगबाट छुटकारा पाउनुहोस् !
सरल र सर्बसुलभ रुपमा जहाँ पनि पाईने तरकारीको रुपमा हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि फलाउन सक्ने तरकारी पनि हो रायो । तर रायोका फाईदा बारे हामीलाई केही थाहा हुदैन र हामीले खालिरहेको जमिनमा के काम चलाउ हिसावले रायो फालएको धेरै ठाउमा पाईन्छ । रायोको सागले हामीलाई स्वस्थ रहन विभिन्न रोगबाट बच्न धेरै भूमिका खेलेको हुन्छ । रायोको तरकारी खाँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ ।
जोर्नी र हड्डी बलियो बनाउँछ : रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन के ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हो ।
महिनावारीमा राहत दिन्छ : रायोको सागमा पाइने भिटामिन–केले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ ।
शरीरका विकार फाल्छ : रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीनटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तवले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निकाल्छन् ।
स्मरणशक्ति बढाउँछ : उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।
आँखा तेजिलो बनाउँछ : रायोको सागमा भिटामिन ए पाइन्छ । जो स्वस्थ आँखाका लागि अपरिहार्य हो । यसले रतन्धोलगायत आँखाका सम्पूर्ण समस्याबाट राहत दिलाउँछ ।
मुटु बलियो बनाउँछ : मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ ।
क्यान्सरबाट जोगाउँछ : रायोको सागमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिम कम गर्छ । कलेजोको क्यान्सर भएकाहरूका लागि पनि रायोको साग खानु राम्रो हो । भोजनमा रायोको साग नियमित खाँदा क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।
डन्डीफोर कम गर्छ : रायोको सागमा पाइने तवले डन्डीफोरको समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ । छालालाई इन्फेक्सनबाट जोगाउने तन्तुलाई यसले बलियो बनाउँछ ।
गर्भवतीलाई लाभ गर्छ : गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन केको कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भव्ती महिलाका लागि उपयुक्त हुन्छ ।
रुघाखोकीबाट जोगाउँछ : रुघाखोकी लागिरहने मानिसले रायोका साग खानुपर्छ । रायो भिटामिन सीको राम्रो स्रोत हो । भिटामिन सीले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन आदिबाट जोगाउँछ ।
पत्थरी हुन दिँदैन : पिसाबनलीमा पत्थरी हुने जोखिमलाई पनि रायोको सागले कम गरिदिन्छ । पथरी भइसकेकालाई पनि यसले लाभ गर्छ ।
बाथका रोगीलाई राहत दिन्छ : रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।
October 4, 2018 10:54 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण