फोलिक एसिड: ठिक्क सेवन गरे फाइदा, बढिले हानी
आजकल धेरै खानेकुरालाई फोर्टिफाइड -अतिरिक्त पोषणतत्व थप) गरेको पाइन्छ । फोर्टिफाइड गरिएको खानामा फोलिक एसिडको मात्रा पर्याप्त हुने गर्दछ । यसले शरीरलाई रक्तअल्पता हुनबाट जोगाउने मात्र नभएर शरीरमा भिटामिन लगायतका पोषण तत्वको पुर्ति गर्नसमेत महत्वपूर्ण भूमिका खेल्छ । त्यति मात्र हैन, यसले गर्भमा रहेको शिशुमा हुने सक्ने बिकारलाई कम गर्नसमेत सहयोग गर्ने हुँदा चिकित्सकहरु गर्भवती महिलाहरुलाई फोलिक एसिड सेवन गर्न सल्लाह दिने गर्दछन् ।
के हो फोलिक एसिड ? : मोरिसन सेन्टरस्थित एकेडेमी अफ न्युटि्रसन एण्ड डायटिटिक्स एन्ड इन्टि्रग्रेटिभ डायटिसियनका प्रवक्ता डा. रविन फोरोउटनका अनुसार फोलेट तथा फोलिक एसिड भिटामिन बी ९ का प्रकार हुन्, जो पानीमा राम्ररी घोलिन्छ । फोलेट प्राकृतिक खानाबाट पाइन्छ । शरीरमा फोलेटको कमी हुन नदिन ‘फोलिक एसिड’ भिटामिनलाई बिभिन्न खाद्य पदार्थमा फोर्टिफाइड गर्ने गरिन्छ । फोलेट विशेषगरी, गाढा हरियो सागसब्जी, फल, विन्स, मसरुम, हरियो सागसब्जी, अण्डाको पहेलो भाग, आलू, दूध, मासु कलेजो लगायतमा पाइन्छ ।
सामान्यतया रातो तथा सेतो रक्तकोषिको निर्माणका लागि शरीरलाई फोलेटको आवश्यकता पर्दछ । यसले कार्वोहाइड्रेट्सलाई उर्जाको रुपमा प्रयोग गरेर स्वस्थ डिएनए बनाउन सहायता प्रदान गर्दछ । साथै, बी १२, बी ६, कोलाइन, मेथियोनिन, बेटेन, म्याग्नेसियम, जिंक तथा सल्फर सहितको फोलेटले शरीरमा मिथाइलेसनको लागि महत्वपूर्ण भूमिका खेल्छ ।
मिथाइलेसन एक जैविक रसायनिक प्रकृया हो, जसले कोषिकाको विभाजन, डिटक्सिफिकेसन, हर्मोनल व्यालेन्स, न्यूरोट्रान्समिटर तथा मानसिक स्वास्थ्य लगायत शरीरको क्रियाकलापलाई सही तरीकाले काम गर्न उत्प्रेरणा दिने गर्दछ । र, शरीरमा फोलिक एसिडको कमी भएमा यसले शारीरिक गतिविधिमा ह्रास आउने गर्दछ । शरीरमा स्वस्थ फोलेट पर्याप्त मात्रामा भएमा यसले मुटु तथा कार्डियोभास्कुलर सिस्टमलाई सुरक्षा प्रदान गर्नुका साथै प्यान्त्रिmयाज्, अन्ननली, कोलोन क्यान्सरको साथमा डिप्रेशन तथा मुड डिस्अर्डरको जोखिम कम गर्न समेत सहयोग गर्छ ।
त्यति मात्र हैन, यसले पुरुषमा शुक्रकिटको संख्या बढाउनसमेत महत्वपूर्ण भूमिका खेल्ने डा. फोरोउटनको भनाई छ । जर्नल फर्टिलिटी तथा स्टेयरलिटीमा प्रकाशित एक लेख अनुसार २६ हप्तासम्म नियमितरुपमा पाँच एमजी फोलिक एसिडका साथमा ६६ एमजी जिंकको सेवन गर्ने पुरुषहरुमा शुक्रकिटको संख्या ७४ प्रतिशतले वृद्धि भएको पाइयो । यसबाहेक, फोलिक एसिडको प्रयोग पाँचन सम्बन्धि समस्या, मिर्गौलाको रोग, कलेजोको समस्या तथा रक्तअल्पता सम्बन्धि समस्यामा गरिने चिकित्सकहरुको भनाई छ ।
फोलेटका स्रोत : फोलेटको मुख्य स्रोत हरियो सागपात हुन् । यसबाहेक अण्डाको पहेँलो भाग, कुरिलो, कुखुराको कलेजो, सुन्तला, दाल, फर्सीको बीउ, सुर्यमुखीको बीउ तथा तिल इत्यादीमा पनि पाइन्छ । फोलिक एसिडले धेरैलाई फाइदा गर्छ भने थोरैलाई हानीसमेत पुर्याउने गर्छ । यसको सेवनका कारण केही व्यक्तिलाई भोक कम लाग्ने, वाकवाकी लाग्ने, अनिन्द्रा, अवसाद, चिन्ता तथा ग्यासको समस्या उत्पन्न हुन सक्छ । त्यसैले पनि यसको सेवन गर्दा सही मात्रा मिलाउन निकै जरुरी छ ।
चिकित्सकहरु गर्भधारण गर्ने सोच बनाएका व्यक्तिहरुलाई दैनिक चार सय माइक्रोग्राम फोलेटको सेवन गर्न सुझाव दिन्छन् । त्यस्तै, स्तनपान गराउने महिलाहरुले दैनिक चार सयदेखि पाँच सय एमजी फोलटको सेवन गर्नुपर्ने उनीहरुको राय छ । आवश्यकताभन्दा बढी सेवनले फोलिकलाई फोलेटमा बदल्ने शरीरको क्षमतामा ह्रास आउन सक्छ । त्यसैले फोलिक एसिड सेवन गर्नुपूर्व एकपटक चिकित्सकसित सल्लाह लिनु राम्रो हुन्छ । तथापी, यसबारे पर्याप्त अध्ययन तथा अनुसन्धान हुन भने बाँकी छ ।
October 4, 2018 11:47 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण