एक सेयर अवस्य गर्नुहोला,के तपाई कपाल फुलेर अनि झरेर दिक्क हुनुभयो ? यसो गर्नुहोस
धेरै मानिसहरु कलिलो उमेरमै कपाल फुल्ने समस्याबाट हैरान भएका हुन्छन् । फुलेको कपालले गर्दा सौन्दर्यमा ह्रास आउने तथा व्यक्तित्वमा असर असर पर्ने गर्छ । यही भएर पनि यो समस्याबाट छुटकारा पाउन मानिसले विभिन्न उपाय अपनाएका हुन्छन् । आजभोलि बजारमा आएका विभिन्न अप्राकृतिक कलरले हाम्रो कपाललाई झनै बढि हानि पुर्याउने गर्छ ।
त्यसै कारण प्याकेटका रङ भन्दा प्राकृतिक वस्तुहरुको प्रयोग गर्यो भने राम्रो हुने विशेषज्ञहरु बताउछन् । राति ढिलो समयसम्म नसुत्ने , खानपानमा ध्यान नदिने र धेरै तनाव लिने समस्याका कारण आजभोलि जवानीमै मानिसहरुको कपाल फुल्ने गरेको पाइन्छ । हाम्रो कपालमा मेलेनिन नामक पिगमेन्ट हुन्छ जसले कपाल कालो वा सेतो हुने भनेर निर्धारण गरेको हुन्छ । कम उमेरमै मेलेनिन बन्न रोकिएपछि जवानीमै मानिसको कपाल सेतो हुन थाल्छ । तर यदि यी प्राकृतिक उपाय अपनाउने हो भने कपाल फुल्नबाट बँच्न सकिन्छ ।
काँचो मेवा : काँचो मेवा पिसेर लगाउने गरेमा कपाल कालो भइरहन्छ ।
नरिवलको तेल : नरिवलको तेलमा अमला मिसाएर लगाउने गरेमा पनि कपाल चमकदार र स्वस्थ हुन्छ । यसको नियमित प्रयोगले कपाल कालो हुन्छ
अमला पिसेर लगाउने : अमला पिसेर रातभर भिजाइ राख्ने अनि बिहान उठेर लगाउने गर्दा कपाल फुल्न बन्द हुन्छ। यसलाई निरन्तर प्रयोग गरिरहेमा कपाललाई सेतो हुन बाट जोगाउन सकिन्छ ।
कालो तिल : कालो तिललाई केही समय पानीमा भिजाइदिने अनि लगाउने हो भने यसले बढ्दो उमेरमा तपाईको कपाल सेतो हुनबाट बचाउँछ ।
October 7, 2018 11:02 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण