Wednesday 11th February 2026

तपाईको घुर्ने समस्या छ ? छुटकारा पाउन अपनाउनुहोस् यि १० उपाय

7 years अगाडी

सुतेको समयमा मान्छेले निकाल्ने आवाजलाई घुरेको भनिने गरिन्छ । घुर्ने समस्याबाट अधिकांस व्यक्ति पीडित बनेका छन् । सुतेको समयमा गलाको पछिल्लो भाग थोरै सांघुरो हुन्छ । यस कारण अक्सिजन सांघुरिएको ठाउँमा पुगेपछि कम्पन हुन्छ । र यो कम्पनबाट निक्लिने आवाजलाई नै घुर्ने भनिन्छ । एलर्जी, नाक सुनिनु, मोटो जिब्रो, अधिक धुमपान, मादक पदार्थ तथा नशालु पदार्थको सेवन, रातको समयमा धेरै भोजन गर्नु लगायतका यी घुर्नुको केही कारणहरु हुन्।

सुतेको समयमा मान्छेले निकाल्ने आवाजलाई घुरेको भनिने गरिन्छ । घुर्ने समस्याबाट अधिकांस व्यक्ति पीडित बनेका छन् । सुतेको समयमा गलाको पछिल्लो भाग थोरै सांघुरो हुन्छ । यस कारण अक्सिजन सांघुरिएको ठाउँमा पुगेपछि कम्पन हुन्छ । र यो कम्पनबाट निक्लिने आवाजलाई नै घुर्ने भनिन्छ । एलर्जी, नाक सुनिनु, मोटो जिब्रो, अधिक धुमपान, मादक पदार्थ तथा नशालु पदार्थको सेवन, रातको समयमा धेरै भोजन गर्नु लगायतका यी घुर्नुको केही कारणहरु हुन्।

१. मनलाई शान्त राख्नुहोस्
घुर्ने समस्या भएका व्यक्तिहरुले रातको समयमा सुत्ने बेलामा मनलाई शान्त र दिमाखबाट बाहिरी कुराहरुलाई हटाउनु आवश्यक छ । सुत्ने बेलामा आफूलाई तनाव मुक्त गराउनु पहिलो शर्त हो।

२. भरपूर पानी पिउनूस्
शरीरमा पानीको कमी हुँदा पनि घुर्ने समस्या हुन्छ। जब शरीरमा पानीको कमी हुन्छ तब नाकको बाटोमा सुख्खा हुन्छ। यसले गर्दा हावाको गतिलाई श्वास संयन्त्रमा पुग्न समस्या हुने र श्वास लिन पनि कठिन हुने भएकाले घुर्ने समस्या देखिन्छ। यस कारण स्वस्थ रहन र घुर्ने समस्या अन्त्यका लागि दिनभर भरपूर पानी पिउनूस्।

३. शरीरको तौल कम राख्नुस्
अधिकांस मोटो व्यक्तिहरु घुर्ने समस्याबाट पीडित हुन्छन्। गलाको आसपास बासो युक्त कोशिका जम्मा हुने भएकाले घुर्ने समस्याले सताउने गर्छ। यस कारण घुर्ने समस्या अन्त्य गर्न चाहानु हुन्छ भने आफ्नो शरीरको तौल कम बनाउनुस्।

४. धुमपानबाट बच्नुहोस्
धुमपान गर्दा घुर्ने समस्या अधिक हुन्छ। धुमपानले वायुमार्गको झिल्लीमा असर पुर्याउने गर्छ। यसले नाक र गलामा हावा जानबाट रोक्छ। यस कारण घुर्ने समस्याबाट मुक्त हुन चाहानु हुन्छ भने धुमपान त्याग्नुस्।

५. निन्द्रा लाग्ने औषधि सेवन नगर्नुस्
निन्द्रा लाग्ने औषधिले मांसपेशीमा नकारात्मक असर पार्छ । सुत्नका लागि मादक पदार्थ, निन्द्रा लाग्ने औषधि या अन्य कुनै औषधिको प्रयोग नगर्नुस् । किन की यसले घुर्ने समस्या निम्त्याउँछ।

६. सुत्ने समय
घुर्ने समस्या हटाउनका लागि नियमित रुपमा एकै समयमा सुत्नु आवश्यक छ । सुत्ने समयमा आफ्नो शरीरलाई पूर्ण आराम दिनुस्। तथा सो समयमा ध्यान दिनूस् की कुनै पनि अंगमा जोड नपरोस्।

७. व्यायाम गर्ने
जसरी शरीरको व्यायाम गर्दा सारा मांसपेशी बलियो हुन्छ । त्यस्तै घुर्ने समस्या अन्त्यका लागि पनि गलाको मांसपेशीको व्यायाम आवश्यक छ।

८. कम मात्रमा नुनको सेवन
धेरै नुनको सेवनले शरीरमा यस्तो तरल पदार्थको निर्माण गर्छ की जसले नाकको प्वालमा बाधा उत्पन्न गर्छ । यस कारण घुर्ने समस्या निम्तिन्छ। नुनको सेवन कम गरेर गला भित्र सुनिने समस्यालाई न्युन गर्न सहयोग पुग्छ। र यसले घुर्ने समस्या पनि अन्त्य हुन्छ।

९. थोरै अग्लो सिरानीको प्रयोग गर्नुस्
यदी तपाईं घुर्ने समस्याबाट पीडित हुनुहुन्छ भने सुत्ने बेलामा सिरानी थोरै अग्लो पारेर सुत्नु आवश्यक छ। यसो गर्दा घुर्ने समस्याबाट बच्न सकिन्छ।

          October 14, 2018 1:19 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...