Thursday 25th December 2025

मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा एकको मृत्यु

7 years अगाडी

पाँचथर – मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा पाँचथरमा एक जनाकाे ज्यान गएको छ ।

फिदिम नगरपालिका–११, बाबुङगाका ३२ वर्षका सुबास आङबोको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

विहीबार बिहान घरको आँगनमै मे ५ प  ९०७४ नम्बरको मोटरसाइकल सिक्ने क्रममा आँगनको डिलमुनि खस्दा आङबोको मृत्यु भएको हो ।

शवलाई पोष्टमार्टमको जिल्ला अस्पताल पाँचथर ल्याइएको प्रहरीले जनाएको छ ।

          October 18, 2018 3:11 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...