चिनमा बनेको सबैभन्दा लामो पुलको रोचक तथ्य (भिडियो )
चिनले समुन्द्रमा संसारको अहिले सम्मकै सबैभन्दा लामो पुलको निर्माण गरेको छ। हङ्कंग – जुहाइ – मकाउ नाम दिइएको यो पुलको लम्बाई ५५ कि.मी. रहेको छ। चिनियाँ राष्ट्रपति सि जिनपिङ द्वारा यहि कार्तिक ६ गते उद्घाटन गरिएको उक्त पुलको लागत २० बिलियन अमेरिकी डलर रहेको छ। यो पुल को निर्माण सन २००९ मा सुरु भएर २०१७ मा निर्माण सम्पन्न भएपनि बिभिन्न कारणले गर्दा सर्वसाधारणको लागि भने गएको हप्ता मात्र खोलिएको थियो।यो पुल बनाउदा १० जना कामदार को मृत्यु भएको थियो भने लगभग ६०० जना कामदार लाइ कार्यको अवधिमा चोटपटक लागेको थियो।
यो पुलमा ४ लाख टन स्टीलको प्रयोग भएको छ, स्टिलकै कुरा गर्ने होभने फ्रान्समा रहेको एफिल टावर भन्दा ६० गुना बढी स्टिल लगाइएको छ। यसैबाट अनुमान लगाउन सकिन्छ कि यो पुल कति बलियो होला । चिनको सरकारी पत्रिका चाइना मर्निङ ले यो पुलको आयु १२० बर्ष रहेको जनाएको छ।
पुल बनाउनको लागि सर्वप्रथम इन्जिनियर हरुले ४ वटा कृतिम दृिपको निर्माण गरे र त्यसपछि मात्र ति दृिपहरुमा पुल जोड्न सकियो। हागँकगं – जुहाइ – मकाउ ब्रिज अथोरिटी का सह निर्देशक यु लि ले जनाएअनुसार पुल बनाउदा खेरी एक समयमा करिब १४००० मजदुरहरूले काम गर्थे भने निर्माण सामाग्री ओसारपसार को लागि सदैव ३०० जहाज तैनाथ रहन्थे।
पुल निर्माणका समयमा हागँकगं को एउटा ब्यस्त एयरपोर्ट बाटो मा परेको हुनाले र आर्को त्यही सामुन्द्रिक बाटो बाट भएर ठूलो मालबाहक पानिजहाज भविष्यमा जानु पर्ने भएकाले यो पुललाइ ६.७ कि.मी. पानि भित्र सुरगं बाट बनाइएको छ।
पुल निर्माण पुर्व हागँकगं बाट चिन आउन ३ घन्टा लाग्ने गर्दथ्यो भने अब मात्र ३० मिनेटमा सो यात्रा सम्पन्न हुनेछ, यहि कारण ले गर्दा पनि दैनिक ४० हजार बाहन ओहोरदोहोर गर्ने अनुमान गरिएको छ । यो पुलको लागत खर्च (Break even) दैनिक हिड्ने गाडी बाट असुल्न ३५ देखि ७० बर्ष लाग्ने अनुमान त्यहाँको प्राधिकरण ले गरेको छ।
६ लेनमा त्याे पारिएको उक्त पुलको अधिकतम गति सिमा १०० कि.मी. प्रतिघण्टा तोकिएको छ भने यो पुलमा पैदल यात्री, साइकल, बाइक लाइ अनुमति दिइएको छैन।
चिनबाट हागँकगं जाने बाहन लाइ हागँकगं पुगेपछि बाहनले आफ्नो साइड बदल्नुपर्ने छ किन भने हागँकगं मा नेपाल को जस्तै राइट हेन्ड ड्राइव छ।
बाकि भिडियो बाट पनि जानकारी लिन सकिन्छ-
October 29, 2018 3:21 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।