नेपाल र मलेसियाबीच श्रम सम्झौता : मलेसियामा कार्यरत नेपालीले किरिया बिदा समेत पाउने
काठमाडौं – मलेसियामा काम गर्ने नेपालीले अबदेखि किरिया बिदा पाउने भएका छन् । परिवारका सदस्य (बुबाआमा, श्रीमान् वा श्रीमती, छोराछोरी)को मृत्यु भएमा १५ दिनका लागि नेपाली कामदार स्वदेश फर्किन पाउने भएका छन् ।

यसअघि नेपाली कामदार आफन्तको मृत्यु हुँदा पनि नेपाल फर्कन पाउँदैनथे । उनीहरुले छुट्टि पाउने नपाउने निधो रोजगारदाताको तजबिजका आधारमा हुन्थ्यो । अब देखि भने रोजगारदाताले अनिवार्य रुपमा किरिया बिदा दिनु पर्ने छ ।
मलेसिया र नेपालबीच सोमबार भएको श्रम सम्बन्धी समझदारी पत्र (एमओयू)मा किरिया बिदाबारे उल्लेख छ । श्रम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै अब नेपाली कामदार शुन्य लागतमा मलेसिया जान पाउने छन् ।
विभिन्न बहानामा नेपाली कामदार ठगीमा परेको भन्दै सरकारले गएको जेठ २ गतेदेखि कामदार पठाउन रोकेपछि नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको हो ।
श्रम सम्झौतामा सस्ताक्षर गर्न मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरान आइतबार नेपाल आउनु भएको थियो ।
सोमबार काठमाडौंको होटल हायातमा आयोजित एक समारोहमा मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरान र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सन् २००२ देखि कामदार लैजान थालेको मलेसिया र नेपालबीच पहिलो पटक श्रम सम्झौता भएको हो ।
एमओयूमा समेटिएका विषय यस्ता छन्
मलेसिया जाने नेपाली कामदारले आउँदा–जाँदा हुने दोहोरो हवाई खर्च रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ ।
कामदार कार्यस्थलमा हुने दुर्घटना बीमा र स्वास्थ्य बीमा पनि मलेसियाको कानुनले कामदारका सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारको हक पनि लागू हुने छ ।
त्यसैगरी मलेसियामा अबदेखि नेपाली कामदारले लेवी तिर्न नपर्ने व्यवस्था पनि गरिएको छ । मलेसिया जाँदा स्वास्थ्य परीक्षण लगायत अन्य प्रक्रियामा लाग्ने खर्च रोजगारदाता कम्पनीले तिर्नुपर्नेछ ।

रोजगारदाता कम्पनीले हरेक महिना ७ तारिख बैंक मार्फत तलब भुक्तानी गराइसक्नुपर्ने पनि उल्लेख गरिएको छ ।
कामदार विमानस्थल पुगेको ६ घन्टाभित्र कम्पनीले गन्तव्य स्थलमा लैजानुपर्ने र महिला कामदारको हकमा थप संरक्षण, सुरक्षा र रेखदेख गर्नुपर्ने पनि समझदारीपत्रमा उल्लेख छ ।
यस्तै कम्पनी बन्द भएमा वा रोजगारदाताले कुनै दुव्र्यवहार गरेमा कामदारले अर्को काम खोज्न पाउने अधिकार पनि एमओयू मार्फत सुनिश्चित गरिएको छ । यसअघि तीन वर्ष रहेको करार अवधि भने दुई वर्षको हुने व्यवस्था गरिएको छ । कामदारले पासपोर्ट आफै राख्न पाउनेछन् ।
करार अवधि सकिएर स्वदेश फर्कंदा कम्पनीले नै हवाई टिकट उपलब्ध गराउनुपर्नेछ । समझदारी कार्यान्वयनमा ल्याउन संयुक्त कार्यदल पनि गठन गरिएको छ ।


October 29, 2018 3:40 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा