तमु प्ये ल्हु संघ,कुवेतले तमू ‘फो- ल्होसार जनवरी ४ तारिख मनाईने
१ नोवेम्बेर,कुवेत। तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब तमू ‘फो- ल्होसार बिभिन्न सँस्कृतिक कार्यक्रमको साथ जनवरी ४ तरिक २०१९ शुक्रबार दिन कुबेत को फर्वानियास्थित आइडियल अडिटोरियम हलमा भब्य रुपले मनाउने भएको छ।
प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्यउदै आइरहेको तमु प्येल्हु संघ,कुवेतले हरेक वर्ष तमु ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। कुवेत को नेपाली समाज मा पनि धेरै कार्यक्रम को रुपरेखा तयार भएको छ भने आफ्नो स्थापना देखी नै हरेक कार्यक्रम सफल बनाउदैआएको तमु प्ये ल्हु संघ,कुवेतले “तमु फो-ल्होसार” (मृग बर्ग) को ल्होसारलाइ भब्य र सब्य पर्न को लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथि हरु लाई संस्थाका कलाकर भाई बहिनी हरु को जोडदार प्रस्तुती को साथ मनोरञ्जन दिने छन। अस्ती शुक्रबार कुबेत सिटी मा तमु प्ये ल्हु संघ,कुवेतको अध्यक्ष उमा गुरुङ को अध्यक्षतामा बसेको बैठकले तमू ‘फो- ल्होसार जनवरी ४ तरिक मनाउने निर्णय गरेको हो ।
उक्त दिन कुवैतमा कृयाशिल सम्पूर्ण संघ-सस्था, सामजसेवी,बुद्दिजिबी,भद्रभलाद्मी,पत्रकार,कलाकार,खेलाडी,राजनीतिज्ञ,सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुना हार्दिक निमन्त्रणा गदै चुले निम्तो दिदै अध्यक्ष उमा तमुस्यो ले हार्दिक बिनम्र अनुरोध गरेका छन।
आयोजक : तमु प्ये ल्हु संघ,कुवेत
कार्यक्रम : तमु ‘फो-ल्होसार
स्थान : फर्वानिय आइडियल अडिटोरियम हल
मिति/समय : ४ जनावरी २०१९ शुक्रबार बिहान ठीक ११ बजे
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण