थाइराइडबाट छुटकारा पाउनने अचुक ओखती : नरिवलको तेल !
नरिवलको तेल हामी मध्ये सबैले सुनेको हुनुपर्छ । नरिवलको तेल लोभलाग्दा प्याकमा बजारमा बिक्रिका लागि राखिएको पनि देखेकै हुनुपर्छ । तर नरिवलको तेल खानाले हुने फाइदाहरुका बारेमा हामीमध्ये धेरैजनालाई थाहा नभएको पनि हुनसक्छ । आज डिसीनेपाल तपाईंलाई नरिवलको तेल खाने गर्नाले मानव शरीरमा हुने फाइदाहरुका बारेमा जानकारी गराउँदै छौं ।
नरिवलको तेलले थाइराइड कसरी निको पार्छ?
अमेरिकनहरु प्राय हात र पाइताला चिसोहुने, शरीरको तापक्रम न्यून, नाक सुकसुक गर्ने व्यथा, प्रायजसो चिसो अनुभव भैरहने, टाउको दुख्ने बेथा, निंद्रा नलाग्ने समस्या, सुख्खा छाला, सुनिएको आँखा, कपाल झर्ने रोग जस्ता समस्याले पिरोलिएका हुन्छन् ।
कमलो नङ, जोर्नी दर्द, कब्जियत, दिमाग बोदोहुने समस्या, थकान, बारम्बार संक्रमण, धोद्रे बोली जस्ता समस्या पनि अन्य मुलुकका नागरिकहरु भन्दा अमेरिकनहरुमा बढी देखापर्छ ।कान टिनीनीनी बजेजस्तो महसुस, रिंगटा लाग्ने, यौनइच्छाको अभाव र शरीरको तौल अनावश्यक रुपले बढ्ने समस्या बाट पनि अमरिकनहरु पीडित छन् । र यी समस्याहरु कतिपय अवस्थामा नियन्त्रण गर्नै गाह्रो छ ।
अनुसन्धानले के देखाएको छ भने अमेरिकाको कुल जनसंख्याको करिव ६५ प्रतिशत मानिसहरुको शरीरको तौल अनावश्यक रुपले बढेको छ । र २७ प्रतिशत अमेरिकनहरु अति मोटो जिउडाल भएको अनुसन्धानले देखाएको छ ।बैज्ञानिकहरुका अनुसार विशेषगरि महिलाहरु मोटो हुनुमा थाइराइडलाई मुख्य कारण मानिएको छ । अनि थाइराइडबाट छुटकारा पाउन नरिवलको तेल अचुक ओखती हो ।
नरिवलको तेलमा पानीको मात्रा लुकेको हुन्छ र यसले भोकमार्ने काम पनि गर्छ । नरीवलको तेल सेवन गर्नाले अन्य खानेतेलले जस्तो शरीरमा तनाव तथा स्ट्रेस हुँदैन । अन्य खानेतेलमा शरीरमा तनाव पैदागर्न सक्ने एक प्रकारको ओक्सीडेटिभ स्ट्रेस भन्ने तत्व रहन्छ जसका कारण शरीरको तौल अनावश्यक रुपमा बृद्धि हुनेगर्छ ।
खाने तेलमा उपलब्ध ओक्सीडाइज्ड र र्यान्सीड भन्ने तत्वले शरीरको तन्तुहरुलाई हानी पुर्याउने काम गर्छ जसले कलेजोलाई सिधै असर पुर्याउँछ । तर नरिवलको तेल खाने गर्नाले शरीरमा एक प्रकारको एसिड उत्पादन हुन्छ जसले तन्तुलाई जोगाइराख्न ठूलो भूमिका खेल्नुका साथै शरीरको तौल नियन्त्रण गर्न ठूलो भूमिका खेल्छ ।
यद्धपि, यसको बारेमा बिस्तृत रुपमा बैज्ञानिक अनुसन्धान हुन बाँकी नै छ । तर पनि कतिपय अध्ययनले के सावित गरिसकेको छ भने नरिवलको तेल अन्य खानेतेलहरु भन्दा शरीरको निम्ति अति लाभ दायक सावित भएको छ । नरिवलको तेल सेवन गरेर धेरै मानिसहरुले आफ्नो थाइराइड समस्या समाधान भएको पाइसकेका छन् । तसर्थ नरिवलको तेलमा खानेकुरा पकाएर खानुहोस् र शरीरमा हुनसक्ने हानी नोक्सानी बाट बच्नुहोस् ।
November 4, 2018 12:53 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण