निर्मला पन्त हत्या : वास्तविक डिएनए परीक्षण गर्न माग
काठमाडौं। कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्नको लागि आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परिक्षण गर्न सरकारसँग माग गरिएको छ।निर्मला पन्तको हत्यारा पत्ता लगाउन आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परीक्षण गर्न माग गर्दै आइतबार निर्मला न्यायको निमित्त राष्ट्रिय अभियानले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो। त्यस अवसरमा अभियानले निर्मला पन्तको हत्यारा पत्ता लगाउन बास्तविक डिएनए परीक्षण गर्न दवाब दिँदै सांकेतिक विरोध स्वरुप शनिबार अभियन्ताहरुले काठमाडौंमा संकलन गरेको रगतको नमूना पनि सरकारलाई बुझाएको छ।
सरकारले हालसम्म गरेको डिएनए परिक्षण बास्तविक नभएको लागेपछि आफूहरुले सांकेतिक विरोध स्वरुप बास्तविक डिएनए परिक्षण गर्न संकलन गरिएको रगतको नमूना पनि सरकारलाई बुझाइएको अभियन्ता चेवन घिमिरेले जानकारी दिए।अभियानले निर्मलालाई न्याय दिन माग गर्दै काठमाडौंलगायत देशका मुख्यमुख्य सहरमा प्रर्दशन गर्दै आएको छ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सय दिन वित्दा समेत सरकारले पत्ता लगाउन नसकेपछि सरकारको चर्को आलोचना हुँदै आएको छ।
November 4, 2018 2:40 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण