अप्रिलदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राती १० देखि बिहान ८ बजेसम्म बन्द हुने
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ। निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पोरेसनसँग भोलि सोमबार निर्माण सम्झौता हुने भएको हो।उक्त आयोजनाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) उच्च अधिकारीबीच प्रस्तुतीकरण गरिएको थियो। मन्त्री अधिकारीसहित सञ्चारकर्मीको टोलीले क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले गरिरहेको कामको स्थलगत अवलोकनसमेत गरेको थियो।
चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड रन्वे कालोपत्र परिवर्तनका लागि सम्झौता हुन लागेको क्यानले जनाएको छ। सन् १९८० मा निर्माण भएको रन्वे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन।धावनमार्ग स्तरोन्नतिको काम पाँच महीनाभित्र शुरु हुनुअघि आवश्यक तयारीका लागि पाँच महीनाको समय दिइएको छ। हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख बाबुराम पौडेलले कम्पनीले आवश्यक तयारीका लागि चार महीना भए पुग्ने प्रस्ताव पेस गरे पनि आयोजनाले पाँच महीनाको समय दिएको बताए।
क्यानका महानिर्देशक सञ्जिव गौतमका अनुसार आगामी अप्रिल १ बाट धावनमार्ग स्तरोन्नतिको काम शुरु हुनेछ। कम्पनीले पहिलो चरणमा तीन हजार मिटरको रन्वेको कालोपत्र परिवर्तन गर्नु पर्नेछ। दैनिक ८० मिटरका दरले १० घण्टा मिलिङ मेशिनको साथमा राति रन्वे बनाइनेछ। यो क्रममा दैनिक १० घण्टा विमान स्थल बन्द हुनेछ।
धावनमार्ग सकेपछि ‘पार्किङ बे’ को काम सुरु गरिनेछ। निर्माण कम्पनीले ४५ दिनको स्तरोन्नतिको तालिका बनाए पनि क्यानले ७० दिनको अवधि तोकेको छ। सन् २०१९ को अप्रिलदेखि विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म पूर्णरूपमा बन्द गरी रन्वेको कालोपत्र परिवर्तन शुरु गर्न लागेको क्यानले जनाएको छ । स्तरोन्नति गर्न करीब १८ महिना लाग्नेछ।यसैबीच पर्यटनमन्त्री अधिकारीले धावनमार्ग स्तरोन्नतिको काम जतिसक्दो छिटो निर्माण सम्पन्न गर्न आयोजनालाई निर्देशन दिएका छन्।देशकै गरिमासँग जोडिएको विमानस्थलको स्तरोन्नतिपछि विमानस्थलको चाप न्यूनीकरण तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने उनको विश्वास थियो।
November 5, 2018 11:19 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।