Monday 10th November 2025

कुवेतबाट नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले एक चेलीको उद्धार गर्‍यो

7 years अगाडी

  

कुवेत – नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले बिगत ३ वर्ष  देखि कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत बाके जिल्ला सितापुर नगरपालिका -५ गौघात निवासी गिता सुनार लाई हिजो कुवेतीको घरबाट उद्धार गरि नेपाल पठाएको छ ।

बिगत तीन महिना देखी ऊनी सिकिस्त बिरामी परेकी थिइन् । आफुले काम गर्ने घरको मालिक लाई बारम्बार उपचारका लागि अस्पताल लैजान भने पनि एक पटक मात्र लगेको तर उनलाई पत्थरी भएको डाक्टरले बताएका थिए ।

पटक – पटक आफू लाई अस्वस्थ महशुस हुँदा अस्पताल लैजान भनी घर मालिक लाई अनुरोध गर्दा  पनि सुनुवाइ नभएको बताएकी  छिन्  । बिगत ३ महिना देखि निरन्तर तल्लो पेट दुख्ने, पत्थरीको समस्याले गर्दा निरन्तर पेट दुखिरहने  र चक्कर लागेर ४ पटक ढल्दा समेत उपचार गराउन नलगेको बताएकी छिन ।

 

सिकिस्त बिरामी हुँदा पनि निरन्तर काम गर्नु परेको र लामो समय देखी घरमा जान्छु भनि घर मालिक लाई अनुरोध गर्दा पनि आनाकानी गर्ने गरेको बताएकी छिन । घर मालिकले भन्यो घर जाने भए आफैले  टिकट लिनु पर्ने र ३ महिनाको तलब पनि छोडेर जानू पर्ने भने पछि उनी  समस्यामा  परेकी थिइन । उनको घरमा २ छोरा र १ छोरी छन । धन कमाउन बिदेश आएकी आमाको स्वास्थ्य अवस्था ठिक नहुदा छोरा – छोरी समेत दुखित भएका छन । 

नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतको सचिब रोल बहादुर बिश्वकर्माको विशेष पहलमा कुवेती लाई  पासपोर्ट  दिनको लागी अनुरोध गरेको र कुवेतीले पासपोर्ट दिन सहमत भए पछि हिजो टिकट लिएर घर सम्म पुग्नको लागि बाटो खर्च समेत सस्थाले दिएको अध्यक्ष भिम बहादुर गदलले जानकारी दिएका छन ।

कुवेतको नेपाली समाजमा मात्र नभई स्वदेशमा समेत स्थापना कालदेखि नै सस्थाले उल्लेख्य कार्य गर्दै आएको छ । आफ्नो गास कटाएर भएपनि  समस्यामा परेका नेपालीहरु, दुखी, गरिब, असहाय र समस्यामा परेका नेपाली चेलीबेटीको उद्धार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ ।  स्वदेशमा समेत धेरै दुखी, गरिब र असहायहरु लाई आर्थिक सहयोग पनि गर्दै आएको  छ ।

          November 5, 2018 10:23 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...