अति बिपन्न परिवारलाई बाख्रा तथा खोर बितरण
नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ८ फटकि र बालुवा टोलमा सोमबार अति बिपन्न परिवारलाई बाख्रा तथा खोर बितरण कार्यक्रम सम्पन्न भएको छ।प्रतापपुर गाउँपालिका वडा नं ८ का अति बिपन्न परिवारका लागि बाढी प्रभावित घरधुरीहरुको परिवारलाई ब्यवसायमुखि र आत्मनिर्भर बनाउने उद्देश्यले फटकिटोल र बालुवाटोलका १७ वटा घर परिवारलाई २ वटाको दरले बाख्रा र २२ ओटा घर परिवारलाई १ वटाको दरले खोर र १ वटा बोका बितरण कार्यक्रम सम्पन्न भएको हो।
बाख्रा र खोर बितरण फटकिटोल र बालुवाटोलमा खोर ७५ घर परिवारलाई र २ वटाको दरले ७५ घर परिवारलाई बाख्रा बितरण गरिने बिकल्प सफल परियोजना कि अध्यक्ष कबिता ज्ञवालीले जानकारी दिए।सो बाख्रा तथा खोर बितरण कार्यक्रमबाट खासगरी लक्षित समुदाय जस्तै बाढी प्रकोपबाट प्रभावित घरदुरी, आर्थीक अवस्था कमजोर भएका, अपाङ,बालबालिका,एकल महिला बृद्धबृद्धा र गाँस, बास र कपासको समेत समस्या रहेको अति बिपन्न बस्तीमा ब्यवसायमुखि र आय आर्जन तथा आत्मनिर्भर कार्यमा टेवा पुग्ने स्थानियहरुले बताएका छन्।
गत साउन महिनामा गएको ठुलो बाढीबाट भएको क्षतिमा त्यहाँका ब्यक्तिहरुले निकै सास्ती भोगेकोले युनाइटेड मिसन टु नेपालको सहयोगमा बिकल्प नवलपरासी द्वारा सन्चालित तराई बाढी पुनःलाभ कार्यक्रम अन्तर्गत सफल परियोजनाबाट त्यहाका ब्यक्तिहरुको जिवनस्तर उकास्न र आत्मनिर्भर बनाउनको लागि विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ।बाख्रा तथा खोर बितरण कार्यक्रम बिकल्पकि अध्यक्ष कबिता ज्ञवालीको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा गाउँपालिका उपप्रमुख अन्जु कुमारी चौधरी, प्रमुख प्रसासकिय अधिकृत बोधराज बस्याल, वडा अध्यक्ष कादिर अलि अन्सारी, चन्द्रुमाया पंजालि,बिकल्प नवलपरासी द्वारा सन्चालित तराई बाढी पुनस्लाभ कार्यक्रम अन्तर्गत सफल परियोजना अधिकृत चेतनराण चौधरी , रामनगिना गुप्ता, सपना खडका,पत्रकार तथा स्थानीय बासिन्दा लगायतहरुको उपस्थिति रहेको थियो।
November 6, 2018 11:40 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।