शरीर आकर्षक बनाउन चाहनु हुन्छ ? यी खानेकुरा खानुहोस्
मांसपेशी मजबूत बनाउनका लागि पोषणयुक्त खाना खानुपर्दछ। खानपानमा राम्ररी ध्यान दिएमा मांसपेशी मजबूत हुनुका साथै शरीर आन्तरिक रुपमा समेत बलियो बन्छ। मांसपेशी मजबूत भयो भने मानिस निरोगी मात्र होइन त्यत्तिकै आकर्षक पनि बन्छ। तसर्थ मांसपेशी बलियो बनाउन यस्ता खाने कुरामा ध्यान दिन जरुरी छ :
गोलभेंडा: गोलभेंडामा लाइकोपीन नामक पदार्थको मात्रा धेरै हुन्छ। लाइकोपीन बिरुवामा पाइने एक प्राकृतिक रासायनिक पदार्थ हो। यो आफ्नो एन्टिअक्सिडेन्ट गुणका लागि प्रसिद्ध छ। यसले प्रोस्टेट, फोक्सो र पेटको क्यान्सर निको पार्न मद्दत गर्छ। यसका साथै अनुहारमा कान्ति ल्याउन पनि गोलभेंडा लाभदायी हुन्छ।
अण्डा: मांसपेशी मजबूत बनाउनुछ भने अण्डालाई नियमित भोजनमा समावेश गर्नुपर्छ । अण्डामा एमिनोएसिड पाइन्छ । साथै यसको पहेंलो भागमा प्रोटिन र ल्यूटेनजस्ता तत्व हुन्छन्, जसले शरीरलाई बलियो बनाउछ ।
ड्राइ फ्रुट्स: ड्राइ फ्रुट्स तथा बदाममा भरपूर मात्रामा प्रोटिन पाइन्छ । अधिकांश डाइटिसियन शरीर बनाउन ड्राइ फ्रुट्स सेवन गर्न सुझाव दिन्छन्। यसलाई काँचै या भुटेर खान सकिन्छ । यसमा चिल्लो पदार्थ, फाइबर, भिटामिन, एन्टिअक्सिडेन्ट पाइन्छ, जसबाट मांसपेशी मजबूत हुन्छ।
उमारिएको अन्न: उमारिएको अन्न पुरुषको स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यो पोषक तत्वले भरपूर हुन्छ । साथै यो जिंकजस्ता पोषक तत्वको स्रोत पनि हो, जो पुरुषमा कमजोरी तथा नपुसंकताको समस्या कम गर्न सहायक साबित हुन्छ र मांसपेशी पनि मजबूत पार्छ ।
बदाम: बदाममा जिंकका साथै भरपूर मात्रामा अम्ल पाइन्छ । यस्तो अम्ल पुरुषका लागि लाभकारी हुन्छ । यसको सेवनले पुरुषमा आउने कमजोरी हट्छ
लसुन: लसुनको सेवन पनि पुरुषका लागि फाइदाजनक हुन्छ । लसुनमा एन्टिब्याक्टेरियल तथा एन्टिभाइरल तत्व पाइन्छ, जसले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउछ । साथै यसमा एन्टिअक्सिडेन्ट गुण पनि पाइन्छ ।
ब्रोकाउली: ब्रोकाउली खानाले शरीरमा चमत्कारिक लाभ हुन्छ । यसमा पाइने आइसोथायोसाइनेट्सले क्यान्सर उत्पन्न गर्ने कोशिकाको प्रभाव कम गर्न सहयोग गर्ने इन्जाइम निर्माणमा पनि सघाउ पु¥याउछ । यसमा भिटाभिन सि हुने भएकाले पुरुषको स्वास्थ्यका लागि अचूक औषधि मानिएको छ ।
ग्रीन टी: ग्रीन टीको सेवन पुरुषका लागि निकै राम्रो मानिन्छ । ग्रीन टीमा पोलिफिनाइल प्रचूर मात्रामा पाइन्छ, जसले क्यान्सर रोक्छ । ग्रीन टी दिनहुँ सेवन गर्नाले पेट तथा कलेजोको रोग निको हुन्छ ।
आँप र मेवा: आँप र मेवा दुवैमा प्रचूर मात्रामा भिटामिन ए पाइन्छ । आँपमा एमिनो एसिड, भिटामिन ए, सि, इ, नियासिन, भिटाकेरोटिन, आइरन, क्याल्सियम र पोटासियम पाइन्छ । मेवामा भने पर्याप्त मात्रामा भिटामिन बि, सिका साथै एन्टिअक्सिडेन्ट पाइन्छ । यी दुवै फलको बोक्रामा बायोफ्लाबेनोइड पाइन्छ । यिनीहरूलाई पुरुषले आफ्नो डाइटमा सामेल गर्नु जरुरी हुन्छ ।
क्याप्सिकम (नेपालीमा भेंडे खुर्सानी): यो पनि पुरुषका लागि लाभदायी हुन्छ । केही अनुसन्धानअनुसार रातो क्याप्सिकममा सुन्तलाको रसको तुलनामा तीन गुणा बढी भिटामिन हुन्छ । यसैले फ्ल्यावोनोइड्सका लागि रातो क्याप्सिकम प्रभावी हुन्छ ।
अनार: अनारको जूस डाइटमा सामेल गर्नुपर्छ । दैनिक एक गिलास अनारको जूस पिउनाले पुरुषको प्रोस्टेट समस्या कहिल्यै देखापर्दैन ।
कोदो: कोदो क्याल्सियमको सबैभन्दा ठुलो स्रोत हो । यसले पुरुषमा ओष्टियोपोरोसिसबाट बचाउछ । यसका साथै यो जिंक तथा रेशाको राम्रो स्रोत पनि हो यसको नियमित सेवनले डाइबिटिज तथा मोटोपनबाट समेत बच्न सकिन्छ ।
फर्सी: फर्सीमा फाइबर, भिटामिन, खनिज तथा कैयौं स्वास्थ्यवद्र्धक एन्टिअक्सिडेन्ट पाइन्छ । यसको यिनै गुणका कारण नियमित सेवनले छालालाई सधैं ताजा बनाइराख्छ ।
कम चिल्लोयुक्त दुग्ध उत्पादन: कमचिल्लोयुक्त दुग्धपदार्थ दूध, दही, महीजस्ता पदार्थमा प्रोटिनको मात्रा अधिक हुन्छ । एक कप दूधमा करीब ८ मिलिग्राम कार्नि्टिन पाइन्छ । दूधबाट बन्ने चिजमा क्याल्सियम, भिटामिन भएजस्ता आवश्यक पोषक तत्व मौजूद हुन्छ । यसका अलावा यसमा कार्बोहाइड्रेट तथा भिटामिन डी पनि राम्रो पाइन्छ, जसबाट मांसवेशी मजबूत हुन्छ।
फल तथा तरकारी: मांसपेशीलाई मजबूत पार्न फल तथा तरकारी भरपूरमात्रामा सेवन गर्नुपर्छ। यसमा भिटामिन, मिनरल्स तथा कैयौं पोषकतत्व तथा प्रोटिन पाइन्छ।
November 6, 2018 11:44 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण