आज – २१ कार्तिक २०७५ बुधवारको राशिफल
आज – २१ कार्तिक २०७५ बुधवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पुनर्मिलनको योग रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । जोश जाँगर र हिम्मत वढ्नेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमणीय र सुखद यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक यात्राको योगछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । रमणीय र सुखद यात्राको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दबाब र तनाव बढेको महसुस हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । – ज्यो.प. नारायणप्रसाद दुलाल
November 7, 2018 4:33 am | राशिफल
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन