‘सीधाकुरा’को स्टुडियो मै आए कुलमान-रविले गरे सलाम, ‘दिपावली विशेष एपिसोड’ (भिडियो)
न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज २९९ औं एपिसोड हो । आजको एपिसोड विशेष एपिासेड बनेको छ । आजको एपिसोडमा कुनै रिपोर्टहरु प्रस्तुत गरिएको छैन, भने फोन मार्फत प्रत्यक्ष कुराकानी पनि गरिएको छैन ।

आजको एपिसोडमा १२ देखि १६ घण्टासम्मको लोडसेडिङलाई मुक्त गराउन सफल नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङसँग विशेष कुराकानी गरिएको छ ।
लोडसेडिङमुक्त तिहारः सबैको बत्ती बनेका कुलमान ! तपाईको कुनै व्यक्तिगत कारण बाहेक विजुली बत्तीको कारण यो तिहारमा तपाईको घर अँध्यारो छैन । अर्थात उज्यालोको यो पर्व तिहारमा तपाईको घरमा विजुलीबाट बल्ने थरि थरिका बत्तीहरु चम्किरहेको छ ।
एक छिन् २ वर्ष अघिको तिहारलाई सम्झिनुहोस् । १२ देखि १६ घण्टासम्म लोडसेडिङ । भुक्किएर एकैछिन् आएमा खाना पकाउने कि पानीको मोटर चलाउने कि, मोबाइल, इन्भरटर चार्ज गर्ने ? कि झिलिमिली बत्ती बाल्ने ? लगाएतका तनावमै अधिकांश समय खर्च भएको हुन्थ्यो । घर अँध्यारै थियो । सबै अस्तव्यस्त थियो ।
तर अहिलेको तिहारमा विजुली सम्बन्धि त्यस्ता झन्झटहरुबाट मुक्त छौं । यो खुसीको पछि नामै काफी छ, ‘कुलमान घिसिङ ।’ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएसँगै लोडसेडिङ कम हुँदै गएको थियो, भने दुई वर्ष अघिको तिहारको लक्ष्मीपूजाका एक कालो युग, अर्थात लोडसेडिङ युगको अन्त्य भयो ।
November 9, 2018 4:50 am | Uncategorized,टप,भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण