आज छठ पर्वको मुख्य दिन, सूर्यको पूजा आराधना गरी मनाइँदै
काठमाडौँ, २७ कात्तिक । छठ पर्वको मुख्य दिन मंगलबार बेलुका अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । भोली बुधबार उदाउँदो सुर्यलाई अघ्र्य दिएपछि छठ सम्पन्न हुने गर्दछ ।कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व चार दिनसम्म मनाइन्छ ।ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् ।
फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन अर्थात आज कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको बताइएको छ । ‘षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन अर्थात भोली बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।पर्वको चौथो दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परो छ ।
यसैगरी छठ पर्वका लागि चाहिने आवश्यक सामग्रीको पनि बजारमा किनमेल सुरु भएको छ । यति वेला रौतहट सदरमुकाम गौर सहित सिमावर्ती भारतको वैरगनिया बजारमा छठ पूजाका लागि कपडा किन्नेहरुको भीड लाग्न थालेको स्थानीवासी सतेन्द्र प्रताप सिंहले बताउनुभयो । बिहान ६ बजेदेखि राति १० बजेसम्म पसलहरुमा सामानहरु खरिद गर्नेहरुको भीड लाग्ने गरेको छ ।
फलफूल, मूला, गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती लगायतका सामानहरु व्रतालुले बजारबाट खरिद गरेर घरमा ल्याउने क्रम जारी राखेको छ । छठ पर्वमा झुप्पा–झुप्पा फलहरू चढाउदा सूर्यदेउता प्रसन्न भई व्रतीका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने जनविश्वास रहेको नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका पूर्वअध्यक्ष शैलेन्द्र कुमार गुप्ताले बताए ।छठ पर्वका लागि यहाँका विभिन्न पोखरी, तलाउ तथा नदी किनारमा रहेका घाटलाई बेहुलीझैँ सजाउने कार्य अन्तिम चरणमा पुगेको छ । रौतहट सदरमुकाम गौर, गरुडा, मौलापुर, बौधीमाई शिवनगर तथा चन्द्रपुरका बजारमा रहेका नदी, तालतलैया अहिले बेहुलीजस्तै सिङ्गारिएको छ । भक्तजनलाई बस्न कठिनाइ नहोस् भन्दै चादी नदीमा पूजाअर्चना गर्नका लागि घाटलाई व्यवस्थित बनाएको छठ पूजा समिति चन्द्रपुरका अध्यक्ष सुरेन्द्र साहले बताए ।
November 13, 2018 11:14 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण