

त्यो सैन्य अभ्यास जसले विश्वलाई नै ध्वस्त पार्न सक्थ्यो

रिचर्ड हूलिंगम / बीबीसी। योकुरा ७ नोभेम्बर १९८३ को हो। सयभन्दा धेरै वरिष्ठ सैन्य अधिकारी नेटोको ब्रसेल्सस्थित मुख्यालयमा भेला भएका थिए। उनीहरुको उद्देश्य थियो तेस्रो विश्वयुद्ध लड्ने।यो ‘युद्ध’ उनीहरु प्रत्येक वर्ष गर्छन्। यसको नाम थियो ‘एबल आर्चर’। यो एक युद्धाभ्यास थियो, जुन नेटो देशका सेनाले गर्थे, ताकि समय आयो भने सोभियत संघका सेनासँग युद्ध गर्न सकियोस्। यसमा नेटो देशका हजारौं सैन्य टुकडी पश्चिमी युरोपमा हुने युद्धाभ्यासमा भाग लिन्थे। जतिबेला ‘एबल आर्चर ८३’ युद्धाभ्यास भइरहेको थियो, त्यतिबेला शीय युद्ध उत्कर्षमा थियो।
नेटो देशको सम्बन्ध सोभियत संघको समर्थक मुलुकसँग निकै खराब अवस्थामा पुगेको थियो। त्यही वर्षको सुरुवातमा अमेरिकी राष्ट्रपति रोनाल्ड रिगनले सोभियत संघलाई ‘सैतानको राम्राज्य’ भनेका थिए।१९८३ को सेक्टेम्बर महिनामा नै सोभियत संघका पाइलटले आफ्नो सीमामा घुसपैठ गरेको कोरियन एयरलाइन्सको एक नागरिक विमानलाई खसालेको थियो। त्यसमा विमानमा सवार सबै २६९ यात्रु मारिएका थिए।
तेस्रो विश्वयुद्धको समीकरणमा अरब देश : फलामको भित्ताको दुवै तर्फ मध्यम दूरीसम्म मार हान्न सक्ने एटमी हतियार तैथान गरिएको थियो। बेलायतले ग्रीमह्याम कमन इलाकामा एटमी मिसाइल तैनाथ गरेको थियो। यी मिसाइल र एटमी हतियार, प्रहार गरेको पाँच मिनेटभित्रै आफ्नो निसानालाई ध्वस्त पार्न सक्थे। अर्थात विश्व विनाश ल्याउने एटमी युद्धको संघारमा उभिएको थियो
‘एबल आर्चर ८३’ युद्धाभ्यासमा जुन प्रकारको युद्धको कल्पना गरिएको थियो, त्यसको सुरुवात अरब मुलुकबाट हुने वाला थियो। यही कारण सोभियत संघलाई तेल सप्लाई गर्न वाधा उत्पन्न भएको थियो। उता युगाेस्लाभिया, जो गुटनिरपेक्ष मुलुक थियो, उक्त मुलुक पनि पश्चिमी देशको खेमामा प्रवेश गरेकाे थियाे।यो वारगेममा सोभियतसंघका नेताहरुमा युगोस्लाभिया पश्चिमी मुलुकको खेमामा जाँदा अन्य मुलुकले पनि सोभियत संघको साथ छोड्ने हुन की भन्ने चिन्ता देखियो।
युद्धको कल्पना : कल्पनाको यो युद्ध त्यतिबेला सुरु भयो जतिबेला सोभियत संघको ट्यांक युगाेस्लाभियामा घुसे। त्यसपछि स्क्याडिनेवियाई मुलुक अर्थात डेनमार्क, नर्वे र स्वीडेनमाथि सोभियत सेनाले आक्रमण सुरु गर्यो। चाँडै सोभियत सेना पश्चिमी योरोपीय मुलुकमा देखिन थाले। दवाब धेरै बढेपछि नेटो सेना पछि हट्न बाध्य भयो।केही महिनापछि काल्पनिक युद्ध फेरि सुरु भयो। पश्चिमी देशका नेताहरुले सोभियत संघ विरुद्ध एटमी हतियार प्रयोग गर्न अनुमति दिएका थिए।
एटमी आक्रमणको कल्पना : युद्धाभ्यासमा सहभागी नेटो सेनाले एटमी आक्रमण गर्ने कल्पाना गरियो। पहिला नै हमलामा त्यतिबेला सोभियत संघको हिस्सा रहेको युक्रेनको राजधानी कीव ध्वस्त भयो। यो सोभियत संघको चेतावन थियो कि नेटो देश युद्धको दायरा बढाउन तयार छ।यस्तो चेतावनीबाट सोभियत संघले युद्ध रोक्न सक्ने पश्चिमी देशको अनुमान थियो। तर एटमी आक्रमणले पनि काम गरेन। ११ नोभेम्बर १९८३ सम्म दुवै खेमाले आ–आफ्नो एटमी हतियार लन्च गर्न सुरु गरेका थिए। यो आक्रमणमा विश्वका आधाजस्तो भाग ध्वस्त भयो। अर्बौं मानिस मारिए।त्यस दिन जम्मा भएको नेटो देशका सैन्य अधिकारी, जब भवन बाहिर निस्किए तब उनीहरु एकअर्कालाई बधाइ दिन थाले। यो ‘एबल आर्चर’ युद्धाभ्यासको सफलताको बधाइ थियो। तर, पछि पश्चिमी मुलुकका सरकारले के थाहा पाए भने यो युद्धाभ्यासले विश्व तेस्रो र एटम विश्व युद्धको नजिक पुगिसकेको छ।
अमेरिकी राजधानी वाशिंटनडिसीमा सूचनाको अधिकारको स्वतन्त्रताको प्राजेन्टसँग जोडिएका नेट जेन्स भन्छन्–यो के कुराको प्रमाण हो भने सोभियत संघमा उच्चस्तरका सैन्य अधिकारीलाई नोटोको युद्धाभ्यास वास्तविक युद्ध जस्तो लागेको थियो।’अमेरिकाको जर्ज वाशिंटन यूनिभर्सिटीमा नेशनल सिक्योरिटी अर्काइभ छ। यहाँ देशको सुरक्षासँग जोडिएको ऐतिहासिक दस्तावेज राखिएको छ। यी दस्तावेजबाट ‘एबल आर्चर ८३’ को जानकारी जुटाउन जोन्सलाई कयौं वर्ष लाग्यो। ‘जब मैले त्यो युद्धाभ्याससँग सम्बन्धित दस्तावेज मागेँ तब मानिसहरु हास्न थाले। उनीहरुले उक्त दस्तावेज गोप्य भएका कारण दिन नसकिने बताए। तर १२ वर्षको कानुनी लडाइँपछि २०१५ यो सबै जानकारी लिने अनुमति पाएँ,’ उनले भने।
अझ रमाइलो त के भने जोन्सलाई ती दस्तावेजको जानकारी उनको जन्म दिनमा प्राप्त भयो। ती दस्तावेज १९९० मा अमेरिकी राष्ट्रपतिको विदेशी खुफिया सल्लाहकार बोर्डले तयारी गरेको थियो। जसको नाम थियो–द सोभियत संघ वार स्केयर।’ १०९ पेजको यो दस्तावेजमा ‘एबल आर्चर ८३’ देखि सोभियत संघ भित्र मच्चिएको खैला बैलालाई सविस्तार बयान गरिएको छ। कुनै युद्धाभ्यासमा नेटो सेनाले खुफिया र कोडेड सन्देश पठाएको यो पहिलो पटक हो। लामो समयसम्म रेडियोमा सूचना प्रशारण गर्न प्रतिबन्ध लगाइयो।
यो युद्धाभ्यासपछिका दिनका खुफिया रिपोर्टलाई एकताबद्ध गरेर १९९० मा यो रिपोर्ट अमेरिकी राष्ट्रपतिलाई बुझाइएको थियो। उक्त रिपोर्टमा युद्धाभ्यासपछि सोभियत संघले के के गर्ने तयारी गरेको थियो भन्ने उल्लेख थियो। उक्त रिपोर्टका अनुसार सोभियत संघले आफ्नो सबै उडान रोक्ने, एटमी हतियार तैनाथ गर्ने र उसको लक्ष्य तय गर्ने तयारीका विषयमा उल्लेख थियो।आम नागरिकलाईपनि युद्धकालागि तयार पार्न तालिम दिनुपर्नेमा जोड दिइएको थियो। अर्थात सोभियत संघ पूर्ण रुपमा युद्धको तयारीमा जुटेको थियो। सोभियत संघका नेतालाई के कुरामा विश्वास थिएन भने ‘एबल आर्चर ८३’ वास्तवमै एक युद्धाभ्यास हो। उसलाई त यो युद्धकै तयारी भएको लागेको थियो।
नेट जोन्स र उनका साथीकालागि सोभियत संघको खुफिया एजेन्सी केजीबीको दस्तावेज पनि खोजिरहेका छन्। त्यसबाहेक युक्रेनमा राखिएका दस्तावेजको पनि खोजी जारी छ।नेट जोन्स भन्छन्–हामीलाई १९८४ मा सोभियत संघको एक सैनिक दस्तावेज प्राप्त भयो। यसमा ‘एलब आर्चर ८३’ को विस्तारमा यसको समीक्षा गरिएको छ। यसलाई हेर्ने हो भने के थाहा हुन्छ भने सोभियत संघका नेता ‘एबल आर्चर ८३’ सँग डराएका थिए।’
November 13, 2018 11:23 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

