

९ हजार लागनीमा फेसबुकमा व्यापार, ७ वर्षमा करोडपति

एजेन्सी । इंग्ल्याण्डमा आफ्नो दममा खडा भएकी एक महिलाले आफ्नो सक्सेस स्टोरी सुनाइन् । ७ वर्ष पहिला पार्टरनरबाट छुट्टिँदा ती महिलासँग दैनिक खर्चका लागि पनि पैंसा थिएन । उनलाई कुनै आईडिया थिएन, अब कसरी खर्च चलाउने । उनीमाथि ३ बच्चाको जिम्मेवारी पनि थियो ।
उनले आफुसँग रहेको ९ हजार रुपैयाँ पनि विजनेसमा लगाइन् र फेसबुकका माध्यमबाट कपडा बेच्न शुरु गरिन् । यो आईडियाबाट उनलाई यस्तो सफलता मिल्योकी उनले एक फेसन कम्पनी नै बाइन् ।
१० स्टाफले काम गर्छन् । यो वर्ष यो कम्पनीको टर्नओभर ३७ करोड पुगेको छ ।
डेर्बीशायरकी ३४ वर्षीया बेथ बारट्र्यामलाई उसका पार्टनरले छोडिदिए । बेससँग आयआर्जनको कुनै माध्यम थिएन । उनीसँग ठूलो बचत पनि थिएन । यतिमात्र होइन उनीमाथि ३ बच्चाको जिम्मेवारी पनि थियो । उनलाई अब के गर्ने केही सुझिरहेको थिएन ।
२०११ को कुरा हो । बेथ आफ्ना बच्चासहित काउन्सिल होम शिफ्ट भइन् । तर, उनलाई घर चलाउन समस्या भइरहेको थियो । त्यसपछि उनले केही गर्ने सोँच बनाईन् ।
उनले कहिल्यै विश्वविद्यालय नगएकाले कुनै जागिर पाउन असम्भव भएको बताइन् । बेथको सँधैको सपना थिए यो वुटिक खोल्ने । र फेसबुमा कपडा बेच्ने उनका लागि राम्रो अवसर थियो ।
उनले आफूसँग बचेको सबै ९००० लागनी गरेर फेसबुकमा कपडा बेच्न शुरु गरिन् । उले हप्तामा १० जोड कपडा विक्रि भए पनि आफूलाई १०० डलर फाइदा हुने र त्यसले घर चलाउ सक्ने सोँचले व्यापार शुरु गरेको बताइन् । शुरु शुरुमा खासै मानिसहरु आफ्नो साइटमा नआए पनि हाफुले हिम्मत नहारेको उनले बताइन् ।
उनले आफ्नो उद्देश्य ५ ५ डलरमा धेरै सस्तो कपडा बेच्नुभन्दा आफ्ना ग्राहकलाई क्वालिटी रहेको बताइन् ।
उनले हरेक वर्ष आफ्नो कारोबार बढ्दै गएको बताइन् । उनले क्वालिटीले पहिचान दिलाएको बताइन् ।
बेथले आफ्नो फेशन कम्पनी फेयरलेस पनि बनाएकी छन् । केही रुपैयाँले शुरु गरिएको व्यापार ७ वर्षमा करोडौंको भयो । अब उनको जिल्दगीमा नयाँ पार्टनर पनि आएको छ । हाल उनी आफ्ना बच्चासहित श्रीमानको घरमा बस्छिन् ।
बेथले आफूहरुको मुख्य व्यापार इंस्टाग्राम र फेसबुकबाट चलेको बताइन् ।
November 13, 2018 11:43 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

रुकुम पूर्वको भूमेमा हजुरआमा र नातिको हत्या आरोपी मृत फेला

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन

