अष्ट्रेलिया जानुपर्ने सुदीप चितवनबाट हराएर तेह्रथुममा भेटिए
चितवन – ६ दिनदेखि हराइरहेका चितवनको कालिका नगरपालिका वडा नम्बर ६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा भेटिएका छन् ।
कात्तिक २६ गते सोमबार विदेश यात्राको लागि आवश्यक सामान खरिद गरी फर्कने क्रममा उनीबीच बाटोबाटै बेपत्ता भएका थिए । सापकोटाले अष्ट्रेलिया जान तयार पारेको डकुमेन्ट नक्कली भएको पुष्टि भएको छ । अष्ट्रेलिया जाने तयारीमा रहेका सुदीप नारायणगढमा सामाग्री किनमेल गरेपछि सुटकेससहित हराएका थिए ।
भारतको दिल्लीमा रहेको एक कलेजबाट कम्प्युटर इन्जिनियर पास गरेका सुदीपको आगामी मंसिर ४ गते अष्ट्रेलिया जाने विद्यार्थी भिसाका लागि टिकट समेत लिइसकेको जानकारी परिवारले पाएका थिए । त्यसै अनुसार उनको विदेश यात्राको तयारी भएको थियो । सुदीपले गएको असोज ३ गते सरिना पोखरेलसँग विवाह समेत गरेका थिए ।
सुदीपका बुवा गंगा सापकोटाले सुदीप भेटिएको र लिनका लागि तेह्रथुम गइरहेको बताउनुभयो । इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी दयानिधि ज्ञवालीले सापकोटाले अष्ट्रेलिया जानका लागि तयार पारेको डकुमेन्ट नक्कली भएको बताउनुभयो ।
सुदीपलाई खोज्न भरतपुरबाट जुटपानी जाने सडक मार्गमा पर्ने जंगल क्षेत्रमा प्रत्येक दिन जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले खोजतलास एवम् सर्च अभियान चलाएको थियो । मोबाइल टेलिफोनको कल डिटेल र ल्यापटपको संकेतका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।
विभिन्न व्यक्ति तथा संघ संस्थाद्वारा सामाजिक सञ्जाल मार्फत बेपत्ता सुदीप सापकोटाको खोजी गरिदिन भन्दै आग्रह समेत गरेका थिए । सयौं फेसबुक प्रयोगकर्ताहरुले आ–आफ्नो फेसबुकमा पोस्ट तथा शेयर समेत गरेका थिए ।
यसरी भेटिए सुदीप
जब सुदीप हराए तब प्रहरीले खोजी कार्यमा सक्रियता बढायो । मोबाइल कल डिटेल र लोकेसनलाई प्रहरीले हेर्दै गयो । सुदीपले आफूले प्रयोग गर्दै आएको सीमकार्ड फाले । तर, उनको मोबाइल प्रयोग भइरहेको पाइयो ।
प्रहरीले मोबाइल मात्र होइन, सुदीपले प्रयोग गर्दै आएको ल्यापटपको आइएमइआई कोड नम्बर पत्ता लगाई खोजी कार्य अगाडि बढायो । पिछा गर्दै जाँदा उनी शनिबार तेह्रथुमको एक होटलमा रहेको पत्ता लाग्यो । इलाका प्रहरी कार्यालय चितवनका डीएसपी दयानिधि ज्ञावालीले मोबाइल र ल्यापटपको साहराका कारण सुदीपलाई पत्ता लगाउन सकिएको बताउनुभयो ।
नारायणगढ बजारमा सामान खरिद गरी पुल्चोकबाट साँझ ५ बजेको समयमा छोरा म्याजिक गाडी चढी क्याम्पस गेटतर्फ गएपछि हराएको सुदीपका बुवाले बताउनुभयो । सँगैै सामान खरिद गर्न गएका बुवा भने नारायणगढबाट मोटरसाइकलमा गौरीगञ्ज तर्फ लागेका थिए । उज्यालोबाट साभार
November 17, 2018 7:22 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :