जयनगर–जनकपुर रेल डेढ महिनाभित्र सञ्चालन हुने
काठमाडौँ, २ मंसिर । डेढ महिनाभित्र जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका प्रवक्ता अमन चित्रकारले सन् २०१८ को अन्तिम (पुस १६) सम्ममा जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने जानकारी दिनुभयो । तत्काल जम्मा ३४ किलोमिटर दूरीको रेल सेवा पुनः सञ्चालनमा ल्याउन भौतिक निर्माणका काम सम्पन्न भइसकेको जानकारी समेत उहाँले दिनुभयो ।‘ट्रेन सेट’ खरिद गरेर जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने सरकारको पहिलो प्राथमिकता हो तर सन् २०१८ भित्र नै रेल सेवा सञ्चालनमा ल्याउनुपर्ने समयसीमा भएकाले ‘ट्रेन सेट’ नै ‘वेट लिज’ मा लिएर सञ्चालन गर्ने कि भन्नेबारे छलफल भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।कुन मुलुकसँग ‘वेट लिज’ मा ‘ट्रेन सेट’ लिने भन्ने अहिलेसम्म तय भइनसकेको जानकारी दिंदै उहाँले ‘वेट लिज’ मा लिएर भए पनि नेपाल सरकारले आफ्नो पूर्ण स्वामित्वमा नै उक्त रेल सेवा सञ्चालन गर्ने स्पष्ट पार्नुभयो ।
‘वेट लिज’ मा लिएर सञ्चालनमा ल्याइने रेलमा नेपाली झण्डा फहराइने बताउँदै उहाँले ‘वेट लिज’ मा लिएर रेल सेवा सञ्चालन गर्ने क्रममा रेल सेवा सम्बन्धी आफ्नै जनशक्ति तयार गर्ने योजना रेल विभागको रहेको जानकारी दिनुभयो ।
यसअघि नै उक्त रेल सेवा सञ्चालनका लागि दुईपटक भार परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भइसकेका छन् । विसं. १९९५ देखि सञ्चालनमा आएको जनकपुर–जयनगर रेल सेवा २०७१ सालदेखि बन्द भएको हो ।
पाँच वर्षअघि साँघुरो लेन (न्यारोगेज) मा स सञ्चालित उक्त रेल सेवा अब फराकिलो लेन (ब्रोडगेज) मा सञ्चालन हुनेछ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त रेल्वे लाइन पुनः निर्माण गरिएको हो ।तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणको क्रममा काँकडभिट्टा ७० किलोमिटर, विराटनगर १९ किलोमिटर, जयनगर–जनकपुर–बर्दिवास ७० किलोमिटर, भैरहवा १५ किलोमिटर, रुपैडिया–नेपालगन्ज १२ किलोमिटर ‘क्रस कन्ट्री लिंक’ रेल्वे सेवा निर्माण गर्न भारतसँग सहमति भएको थियो । प्रस्तावित उक्त ‘क्रस कन्ट्री लिंक’ रेलसेवाको कुल दूरी ११३ किलोमिटर रहेको छ ।
November 18, 2018 11:08 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा