नेविसङ्घको विवाद आज टुङ्गो लाग्ने
काठमाडौँ । नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आइतबार टुङ्गो लाग्ने भएको छ। नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा सानेपास्थित पार्टी कार्यालयमा शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विकल्पका रुपमा अर्को समिति निर्माण गर्ने वा अहिलेकै समितिलाई नै महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारे आइतबार टुङ्गो लगाउने निणर्य गरेको हो।
“आइतबार २ बजे बस्ने बैठक अगाडि नेविसङ्घको महाधिवेशन सम्बन्धमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा गठित पार्टीले बनाएको निर्देशक समितिले विधानमा गरिनुपर्ने परिमार्जनलगायत अन्य विषयमा केही धारणा लिएर आउनेछ”, बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने।
शनिबार दिउँसो १ बजे बोलाइएको बैठक दिनभरि अनौपचारिक बसेर बेलुका मात्रै औपचारिकरुपमा शुरु भएको थियो। पार्टीका सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दै गर्दा नेविसङ्घका नेताहरुले नाराबाजी गरेका थिए। पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आइतबार अपराह्न २ बजे बस्नेछ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण