बाबुले आमाको हत्या गरेपछि बेसहरा भएका चार बालबालिकालाई बालग्राममा पठाइयो
आमाको हत्या गरेर बुवा जेल गए पछि बालबालीकाको बिचल्लि भएकालाई बाल ग्रिहमा राखिएको छ । केहि दिन अघि बाबुले आमाको हत्या गरेपछि बेसहरा भएका गुल्मीका चार बालबालिकालाई त्यहाँका सिडिओले संरक्षणका लागि एस.ओ. एस.नामक बालग्राममा पठाएको छ । मदाने गाउँपालिका–६ पनाह गाँउँका ११ वर्षीय विपिन नेपाली, ९ वर्षीया विपिना नेपाली, ६ वर्षीय विकास नेपाली र डेढ वर्षीय विक्की नेपालीलाई बालग्राममा पठाएको हो ।
आमाको हत्यापछि बाबु प्रहरी कष्टडी छन् । यसरी बेसहरा भएका ती चार बालबालिकालाई लालन पालनका लागि भरपर्दो संस्था बालग्राममा आफ्नै पहलमा जिम्मा लगाएको त्यहाँका सिडिओ यदुनाथ पौड्यालले बताए ।
गत कात्तिक १५ गते राति पनाह गाउँका दुर्गाबहादुर नेपालीले श्रीमति गीता नेपालीको हत्या गरेका थिए । आफू र आफ्नो ती अबोध बालबालिकाको ज्यान बचाउनका लागि श्रीमति गीता घरको माथिल्लो तल्लामा पुगेकी थिइन् । तर गीतालाई खोज्दै गएर दुर्गाबहादुरले घरको माथिल्लो तल्लाबाट भित्र छिरेर हत्या गरेका थिए । त्यस घटना लगत्तै उनि डेढ वर्षको सन्तानलाई मृत आमासँग छाडेर अन्य तीन सन्तानलाई आफ्नै साथमा लिएर भागेका थिए ।
मृत आमा संगै छाडिएका ती बालक रातभर मृत आमाको स्तन पान गरिरहेका अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आमाको हत्यापछि ती बालबालिकालाई खाना खर्च मदाने गाउँपालिकाले हेर्दै आएको थियो ।उनिहरुलाई मदाने गाउँपालिका प्रमुख दानबहादुर केसीको रोहवरमा सिडिओ पौड्यालले काठमाडौंको युक्त बालग्रामका प्रतिनिधिहरुको जिम्मा लगाएको छ ।
November 18, 2018 12:52 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।