भाइरल यो तस्वीरको रहस्य के हो ?
एजेन्सी । वाट्सएपमा एक हैरान गर्ने तस्वीर शेयर भइरहेको छ । यसमा पाँच बालकका शव एक तलाउमा देख् सकिन्छ । फोटोका साथै यी बालबालिकालाई मानवअंग तस्करले हत्या गरेको हल्ला गरिएको छ ।
तस्वीरसँगै एक अडियो क्लिप पनि छ । जसमा नाटीयक आवाजमा मानिसहरुलाई सचेत गरिएको छ । यी बच्चाहरुलाई विभिन्न स्थानबाट अपहरण गरिएको र अंंग निकालेपछि शव तलाउमा फालिएको सो आवजमा सुन्न सकिन्छ ।
तमिलनाडु प्रहरीले यी शवहरु एक कन्टेनरबाट निकालेको पनि भनिएको छ । अडियोको अन्त्यमा क्लिप शेयर गर्न अपिल गरिएको छ ।
अडियोमा एक व्यक्तिले भन्छ्, ‘तमिलनाडु प्रहरीलाई एक कन्टेनरमा बालबालिकाका शव प्राप्त भए । यी बच्चाको किड्नी र कलेजो निकालिएको छ।’
इंडिया टूडेको फ्याक्ट चेक टीमले आफ्नो छानविनमा फोटोका साथमा रहेको अडियो क्लिपमा मानिसलाई गुमराह गर्ने प्रयास गरिएको बताएको छ । फोटो र अडियोको कुनै सम्बन्ध नरहेको अनुसन्धानमा पत्ता लागेको बताइएको छ ।
तस्वीर मध्य प्रदेशको बरवानीको हो । जहाँ एक व्यक्तिले आफ्ना पाँच छोरालाई तलाउमा धक्का दिएर हत्या गरेको थियो । अडियोमा यस व्यक्तिले एक कन्टेनरसँग कुरा गरिरहेको सुन्न सकिन्छ जसमा बच्चाका शव फेला परेका थिए । तर, फोटो हेर्दा थाहा हुन्छ त्यहाँ कुनै कन्टेनर छैन । एक सानो तलाउ छ ।
छाविनअनुसार प्राप्त रिपोर्टमा विभिन्न तथ्य फेला परेका छन् । रिपोर्टअनुसार यसै वर्षको अक्टुबरमा बरवानीको चिखली गाउँको भतार सिंहले स्वीकार गरेको थियो की उसले आफ्ना पाँच छोरालाई तलाउमा धक्का दिएर हत्या गरेको थियो । स्थानीय पत्रिकामा प्रकाशित समाचारअनुसार सो हत्या आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
छानविनमा यो तस्वीर र अडियो क्लिपबारे कुनै पनि सम्बन्ध नभएको फेला परेको छ । र यो तस्वीर तथा अडियो तमिलनाडुको भएको कुनै पनि प्रमाण फेला परेको छैन ।
November 18, 2018 8:49 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा