

डेढ महिनाभित्र जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा

काठमाडौँ, ४ मंसिर । डेढ महिनाभित्र जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका प्रवक्ता अमन चित्रकारले सन् २०१८ को अन्तिम (पुस १६) सम्ममा जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने जानकारी दिनुभयो । तत्काल जम्मा ३४ किलोमिटर दूरीको रेल सेवा पुनः सञ्चालनमा ल्याउन भौतिक निर्माणका काम सम्पन्न भइसकेको जानकारी समेत उहाँले दिनुभयो ।
‘ट्रेन सेट’ खरिद गरेर जयनगर–जनकपुर रेलसेवा सञ्चालन गर्ने सरकारको पहिलो प्राथमिकता हो तर सन् २०१८ भित्र नै रेलसेवा सञ्चालनमा ल्याउनुपर्ने समयसीमा भएकाले ‘ट्रेन सेट’ नै ‘वेट लिज’ मा लिएर सञ्चालन गर्ने कि भन्नेबारे छलफल भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।
कुन मुलुकसँग ‘वेट लिज’ मा ‘ट्रेन सेट’ लिने भन्ने अहिलेसम्म तय भइनसकेको जानकारी दिँदै उहाँले ‘वेट लिज’ मा लिएर भए पनि नेपाल सरकारले आफ्नो पूर्ण स्वामित्वमा नै उक्त रेल सेवा सञ्चालन गर्ने स्पष्ट पार्नुभयो ।‘वेट लिज’ मा लिएर सञ्चालनमा ल्याइने रेलमा नेपाली झण्डा फहराइने बताउँदै उहाँले ‘वेट लिज’ मा लिएर रेलसेवा सञ्चालन गर्ने क्रममा
रेलसेवासम्बन्धी आफ्नै जनशक्ति तयार गर्ने योजना रेल विभागको रहेको जानकारी दिनुभयो ।यसअघि नै उक्त रेल सेवा सञ्चालनका लागि दुईपटक भार परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भइसकेका छन् । विसं. १९९५ देखि सञ्चालनमा आएको जनकपुर–जयनगर रेलसेवा २०७१ सालदेखि बन्द भएको हो ।पाँच वर्षअघि साँघुरो लेन (न्यारोगेज) मा सञ्चालित उक्त रेल सेवा अब फराकिलो लेन (ब्रोडगेज) मा सञ्चालन हुनेछ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त रेल्वे लाइन पुनः निर्माण गरिएको हो ।
तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणको क्रममा काँकडभिट्टा ७० किलोमिटर, विराटनगर १९ किलोमिटर, जयनगर–जनकपुर–बर्दिवास ७० किलोमिटर, भैरहवा १५ किलोमिटर, रुपैडिया–नेपालगन्ज १२ किलोमिटर ‘क्रस कन्ट्री लिङ्क’ रेल्वे सेवा निर्माण गर्न भारतसँग सहमति भएको थियो । प्रस्तावित उक्त ‘क्रस कन्ट्री लिङ्क’ रेलसेवाको कुल दूरी ११३ किलोमिटर रहेको छ ।
November 20, 2018 10:25 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

