यो खुःशीको कुरा सबैंलाई सेयर गरौं,चितवन राष्ट्रिय निकुञ्जमा अचानक बढ्यो हात्तीको संख्या !
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीले बच्चा जन्माउने क्रम बढेर गएको छ । आज बिहान कसरा हात्तीसारमा थप एउटा छावा जन्मिएको छ । यस आर्थिक वर्ष शुरु भएयता तीन हात्तीले बच्चा जन्माएका छन् । पाँच ढोई गर्भिणी रहेका छन् । तिनीहरूले पनि यसै आवमा बच्चा जन्माउने अनुमान गरिएको छ ।हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरका प्रमुख बुधन चौधरीका अनुसार आज बिहान ४ः३२ मिनेट जाँदा कसरा हात्तीसारमा रहेको तमरकलीले भाले छावा जन्माएको हो । गर्भिणी भएको जस्तो नदेखिएको भए पनि अकस्मात् बच्चा जन्माएको तमरकलीका दरोगा ९स्याहारकर्ता० राजेन्द्र पनवाले बताउनुभयो ।
यसै वर्षको असोज २३ गते पुजाकलीले पोथी र कात्तिक १६ गते गणेशकलीले भाले छावा खोरसोरमा जन्माएका छन् । प्रमुख चौधरीका अनुसार निकुञ्जको सुखीभार पोष्टमा रहेको तीर्थमानकली र टाइगरटप्स पोष्टमा रहेको गण्डकीकली गर्भिणी छन् । प्रजनन केन्द्रमा रहेका लोकतन्त्रकली, कर्णालीकली र चितवनकली पनि गर्भिणी रहेको चौधरीले बताउनुभयो ।गत आवमा चितवनकलीले सिमसिमकली, कर्णालीकलीले अम्बेकली, पुजाकलीले खोरसोरगञ्ज र गणेशकलीले कृष्णचन्द्रगञ्ज गरी चार बच्चा जन्माएका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पछिल्ला वर्षमा प्रजनन राम्रो रहेको बताउनुभयो । व्यवस्थापनमा सुधार, आहारमा सुधार, जङ्गली भालेको आगमन, स्वास्थ्योपचारको सुविधा, प्रजनन स्वास्थ्यमा सुधारलगायतका कारण प्रजनन राम्रो भएको उहाँले बताउनुभयो ।
आज जन्मिएको सहित निकुञ्जको दरबन्दीमा हात्तीको सङ्ख्या ५६ पुगेको छ । गर्भिणी भएपछि २२ देखि २४ महीनामा हात्तीले बच्चा जन्माउँछ । कोशीटप्पु राष्ट्रिय निकुञ्जबाट ल्याइएका पाँच हात्ती पनि चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् । निकुञ्जको हात्ती प्रजनन एवं तालीम केन्द्र, सौराहा र कसराको हात्तीसार एवं पोष्टमा हात्ती रहेका छन् । विसं २०४२ मा भारत सरकारले दिएको १६ वटा हात्ती ल्याएर शुरु गरिएको प्रजनन केन्द्रमा हालसम्म २७ वटा हात्तीका बच्चा जन्मिएका छन् ।
November 20, 2018 10:41 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण