Saturday 20th December 2025

मोटरसाइकल दुर्घटनामा परी अभिनेता विपिन कार्की घाइते

7 years अगाडी

काठमाडाै‌ । चर्चित अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् ।फिल्म जात्रै जात्राु को सुटिङमा जाने क्रममा मोटरसाइकलमा सवार उनलाई कलंकीमा विपरित दिशाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो ।

बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत अभिनेता कार्कीको एक्सरे रिपोर्टमा दायाँ खुट्टा भाँचिएको देखिएको फिल्म ’जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराईले बताए । विपिनको मोटरसाइकललाई ठक्कर दिने मोटरसाइकल चालक भने फरार छन् ।

विपिनको दुर्घटना भएपछि फिल्म ’जात्रै जात्रा’को सुटिङ प्रभावित भएको छ । डाक्टरले केही दिन रेस्ट गर्नु पर्छ भने पछि सुटिङ रोकिएको निर्देशक प्रदिप भट्टराईले सञ्चार माध्यमलाई जानकारि गराएका छन् । यही मंसिर २१ गते उनी अभिनीत फिल्म ’प्रसाद’ पनि रिलिज हुँदैछ ।

          November 20, 2018 3:42 pm | Uncategorized,चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...