प्रधानमन्त्रीले नै त्यसो भनेपछि
काठमाडौँ, ५ मंसिर । हुन पनि प्रमुख विपक्षी दलको नेता भएर अहिले शेरबहादुर देउवा ओली सरकारविरुद्ध बोलिरहेका छैनन् । पहिला बातैपिच्छे ‘अधिनायकवादी’ भन्ने उनको मौनतालाई उनकै पार्टीका प्रभावशाली नेता शेखर कोइरालाले अथ्र्याएका छन्, मिलेमतोको रुपमा ।
शेखरले गतसाता प्रम केपी ओलीसँग भेटेका थिए । शेरबहादुरलाई टक्कर दिने गरी अगाडि आउने तयारीमा रहेका उनले विराटनगर पुगेर कार्यकर्तामाझ त्यो भेटबारे ब्रिफिङ गरेका छन् । ‘सिके राउतको कुरालाई उ छालेर कतै केपी ओली संघीयतालाई खारेज गर्नेतिर त जाँदै छैनन् ?’ उनले केपी र देउवाबीच ट्युनिङ मिलेको सुनाए । केपीले संघीयता घातक भएको निश्कर्ष निकाल्दैछन् भन्ने छनक शेखरले पाएका रहेछन् । ‘सिकेलाई राज्यले नै संरक्षण गरेर देश बिखण्डनतिर जाने भयो भन्दै संघीयता आफैँ भाँड्न त खोज्दै छैनन् ?’
कुराकानीका क्रममा शेखरले भने । केपीले भनेका रहेछन् ‘हुँदाहुँदा २ नं. प्रदेशका मुख्यमन्त्रीले समेत कर्के नजर लगाउँदैछन् । के त्यो म व्यक्तिलाई गरेको हो र ? सिष्टमलाई च्यालेञ्ज गरेको हो नि ! यस्तोमा तपाईलाई पनि हामीलाई पनि साथ दिनुपर्छ ।’ आफू अचम्ममा परेको भन्दै उनले सुनाए, ‘एकातिर देउवाप्रति सफ्ट, अर्कातिर संघीयताप्रतिको फ्रस्टेसन । म त अचम्मै परेँ ।’
November 21, 2018 11:44 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण