तीन महिना नहुँदै वाइड बडीको ब्रेक फेल
काठमाडौँ, ६ मंसिर । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण’ दुई हप्तादेखि ‘ग्राउन्डेड’ छ।ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो।विमानको ब्रेक सिस्टममा तीन वर्षको वारेन्टी भए पनि तीन महिना नउड्दै समस्या आएको निगमले जनाएको छ।
कलसाइन एन–एएलवाई रहेको यो विमानको ब्रेक सिस्टम बिग्रिएपछि नउडाएको निगमका प्रवक्ता अशोक सिग्देलले बताए । उनका अनुसार अहिले नयाँ वाइड बडी खरिदका क्रममा भएको सम्झौताअनुसार बिग्रनु नपर्ने ब्रेक सिस्टम कसरी बिग्रियो भन्ने विषयमा अध्ययन भइरहेको छ।
‘कात्तिक २२ गते जहाजको ब्रेक सिस्टममा खराबी देखिएपछि विमानस्थलमै ग्राउन्डेड गरेका छौं। प्राविधिक विषय भएका कारण इन्जिनियरहरुले अध्ययन गरिरहेका छन्,’ सिग्देलले भने, ‘एभियोनिक्स कार्गो डोरमा समेत समस्या देखिएको छ। केही दिनभित्रै हल हुन्छ।’दोहा–काठमाडौ उडानका क्रममा कातिक १६ गते दोहामा विमानको ब्रेक सिस्टममा समस्या देखिएपछि उडान ६ घन्टा रोकिएको थियोर।
November 22, 2018 10:45 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण