तीन महिना नहुँदै वाइड बडीको ब्रेक फेल
काठमाडौँ, ६ मंसिर । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण’ दुई हप्तादेखि ‘ग्राउन्डेड’ छ।ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो।विमानको ब्रेक सिस्टममा तीन वर्षको वारेन्टी भए पनि तीन महिना नउड्दै समस्या आएको निगमले जनाएको छ।
कलसाइन एन–एएलवाई रहेको यो विमानको ब्रेक सिस्टम बिग्रिएपछि नउडाएको निगमका प्रवक्ता अशोक सिग्देलले बताए । उनका अनुसार अहिले नयाँ वाइड बडी खरिदका क्रममा भएको सम्झौताअनुसार बिग्रनु नपर्ने ब्रेक सिस्टम कसरी बिग्रियो भन्ने विषयमा अध्ययन भइरहेको छ।
‘कात्तिक २२ गते जहाजको ब्रेक सिस्टममा खराबी देखिएपछि विमानस्थलमै ग्राउन्डेड गरेका छौं। प्राविधिक विषय भएका कारण इन्जिनियरहरुले अध्ययन गरिरहेका छन्,’ सिग्देलले भने, ‘एभियोनिक्स कार्गो डोरमा समेत समस्या देखिएको छ। केही दिनभित्रै हल हुन्छ।’दोहा–काठमाडौ उडानका क्रममा कातिक १६ गते दोहामा विमानको ब्रेक सिस्टममा समस्या देखिएपछि उडान ६ घन्टा रोकिएको थियोर।
November 22, 2018 10:45 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।