डाेटी दुर्घटना अपडेट : ज्यान गुमाएका सबैको सनाखत भयो
डोटी – रडुवा खोलामा बिहीबार साँझ भएको स्कुल बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका २ का २१ वर्षीय केशब कडायत, यही नगरपालिका १० की २० वर्षीया शारदा कडायत, डोटीको शिखरनगरपालिका ७ का २२ वर्षीय योगेन्द्र बोहरा, यही नगरपालिका ७ का २४ वर्षीय शंकर जोरा, यही नगरपालिका ८ का २२ वर्षीय शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिकाका २८ वर्षीय नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका– ४ की ३५ वर्षीया शशी विक, शिखर नगरपालिका ११ की २५ वर्षीया गोदा भाट, यही नगरपालिका ८ मा बस्ने ४० वर्षीय कैलाश रावल र योगेन्द्र रावल रहेका छन् ।
त्यसैगरी डडेल्धुराको नवदुर्गा गाउपालिका ३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका १० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका ३ की ३० वर्षीया माया रावल, कैलाली गोदावरी नगरपालिका १० बस्ने पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का १७ वर्षीय तिलक खाती, यही ठाउँका ३० वर्षीय तेज धामी, डोटीको शिखर नगरपालिका १० का १५ वर्षीय सागर बलायर, शिखर नगरपालिका ११ का २४ वर्षीय पदम विक ज्यान गएको छ ।
ज्यान गुमाएकाहरुको पोष्टमाटम डडेल्धुरामा रहेको उप क्षेत्रीय अस्पतालमा गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो । बस दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका बानीडुग्री सैनमा रहेको पिसजोन एकेडेमी स्कुलको बस अमरगढी नगरपालिकाको उग्रतारा मेलाबाट फर्किँदा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि कैलाली रिफर गरिएको छ । दुई जना डिस्चार्ज भएका छन् भने अन्य १३ जनाको उप क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।
November 23, 2018 10:52 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण