बहराइनमा २८५५औ सोनाम ल्होछार भब्य हुने।
मानमा,बहराइन ।
बहराइन तामाङ सेवा समाजले आफ्नो स्थापना काल देखि नै हरेक बर्ष तामाङ समुदायको मौलिक सांस्कृतिक राष्ट्रिय पर्व सोनाम ल्होछारलाइ हर्षोल्लासका साथ धुमधामले मनाउदै आइरहेको छ।
यस्पाली पनि नेपाल बाट ख्याती प्राप्त राष्ट्रिय स्तरका कलाकार हरुका साथै स्थानिय उत्कृष्ट कलाकारहरुलाइ समेत समेटि २८५५ ढ्वा ल्हो(संगुर बर्ग) सोनाम ल्होछारलाइ भब्य रुपमा मनाउने समाजका अध्यक्ष श्री सोनम दोङ तामाङ ले जनाएको छ।

आउदो ८ फेब्रुअरी २०१९ शुक्रबारका दिन,बहराइनको अधलिया स्थित बाङसाङ थाइ रेस्टुरेन्टको सभा हलमा साँझ ठिक ५:०० बजे देखि मनाउन गैरहेको ल्होछार कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त सेलो गायक तथा संगितकार विशाल काल्तान तामाङ,चर्चित म्हेन्दोमाया मोडल तथा नृत्याङ्गना रुपा एस घले तामाङ र हाम्रो टिभिका भिजे ,पत्रकार तथा मोडल स्मारिका थिङ तामाङलाइ आमन्त्रण गरिने बताएको छ।
त्यसैको तयारी स्वरुप गत १६ नोभेम्बर २०१८ शुक्रबारको दिन बहराइनको राजधानी मानमा स्थित सेवारो नेपाली रेस्टुरेन्टको सभा हलमा सम्पन्न समाजको ल्होछार विशेष बैठकमा पेमा तितुङ तामाङको संयोजकत्वमा ३ सदस्यीय २८५५ ल्होछार संयोजक समिती समेत गठन गरेको छ।
ल्होछारमा बिबिध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमका अलवा लामा धर्म गुरु ज्यु बाट बैद्विक पुजापाठ समेत रहने भएको हुँदा समस्त बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाइ उपस्थितिको लागि आयोजकले निमन्त्रणा गरेको छ भने उक्त मितिको आसपासमा कुनै पनि कार्यक्रमहरु नजुधाइ,कार्यक्रम लाइ सभ्य तथा भब्य रुपमा सम्पन्न गराउन महत्वपूर्ण भुमिका खेलिदिनु हुन बहराइन स्थित सम्पुर्ण संघ संस्था,समाज सेवि,बुद्धिजिवि,उधोग ब्यापारी ब्यबसायी,जातिय क्षेत्रीय,बैचारिक संगठन,पत्रकार लगायत सम्पुर्णलाइ आयोजक टिमले अनुरोध गरेको छ।
November 23, 2018 3:25 pm | Uncategorized,प्रवास,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।