एक दर्जन प्रहरी एकाइ पुनःनिर्माण
बेत्रावती । सशस्त्र दश वर्षे युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका नुवाकोटका ११ प्रहरी एकाइको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ।भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमअन्तर्गत ती एकाइमध्ये तीन वटाको निर्माण सम्पन्न भइसकेको छ। ती भवन उद्घाटनको पखाईमा रहेको र बाँकी आठवटा भवन पनि सम्पन्न हुने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।
“सशस्त्र दशवर्षे युद्धमा ध्वस्त बनेका र विनाशकारी भूकम्पले क्षति पुगेका ती एकाइ राष्ट्रिय पुनःनिर्माण कोषमार्फत निर्माण गरिएको हो।” प्रहरी उपरीक्षक कुँवरले भने, “अझै आधा दर्जन प्रहरी एकाइ पुनःनिर्माणका लागि जग्गाको व्यवस्थापनमा लागिपरेका छौँ।” हाल पुनःनिर्माण भएकामध्ये छ वटा एकाइ निर्माणका लागि कम्तीमा चार रोपनी जग्गा स्थानीय दाताले निःशुल्क उपलब्ध गराएका हुन्। निर्माण थालिएकामध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय विदुर, अस्थायी प्रहरी पोष्ट विदुर र जिल्ला प्रहरी कार्यायल परिसरमा अवस्थित अधिकृत प्रहरी ब्यारेक निर्माण भइसकेको छ।
समुन्द्रटार, कुमरी, ककनी, तारुका, फिकुरी, पाटीभञ्ज्याङ र इलाका प्रहरी कार्यालय ढिकुरे र सिक्रेका प्रहरी चौकी निर्माणको अन्तिम चरणमा पुगेका छन्। ती भवनको निर्माण ठेकेदारमार्फत बनाइएको र एउटा भवनका निर्माणमा रु एक करोडभन्दा खर्च भएको बताइएको छ। नयाँ बनाइएका भवनमा आवासीय व्यवस्था, हिरासत कक्ष, सुरक्षा पोष्ट, भन्साघरलगायते व्यवस्था भएकाले हाल टहरा र भाडाको घरबाट सेवा पुर्याउँदै आएको प्रहरीलाई उच्च मनोबलको साथ शान्ति सुरक्षा कायम राख्न प्रेरणा मिल्ने उक्त कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।
अस्थायी बासस्थान र भाडाको भवनमा बस्दै आएका झिल्टुङ, किम्ताङ, मैलुङ, गुज्रे, सिसडोल, शेराबगर, दाङसिङ, पञ्चकन्या, बाघखोरका प्रहरी एकाइ तथा नगर प्रहरी चौकी कोलनीको निर्माण गर्न बजेट र जग्गाको अभावले रोकिएको छ।
November 24, 2018 11:17 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।