निर्मलाका बुवालाई उपचारका लागि काठमाडौं लगियो
कञ्चनपुर – छोरीको हत्यारालाई कारबाही गर्नुपर्ने र आफूहरुलाई न्याय न्याय दिनुपर्ने माग गर्दै अनिश्चितकालीन धर्नामा बसेका निर्मला पन्तका बुवा यज्ञराजको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौं लगिएको छ ।
१४ दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको स्वास्थ्यसँगै मानसिक अवस्था पनि बिग्रिँदै गएपछि उहाँलाई उपचारका लागि काठमाडौं लगिएको हो । निर्मला बलात्कारपछि हत्या भएको घटनापछि डिप्रशेनमा गएका यज्ञराजलाई चिकित्सकले समेत एकान्त वातारवणमा बस्नुपर्ने बताउँदै उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लाग्नुपर्ने सुझाव दिएका थिए ।
तर छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका यज्ञराजको मानसिक अवस्ता चिन्ताजनक भएपछि उहाँलाई उपचारका लागि काठमाडौं लगिएको श्रीमती दुर्गादेवी पन्तले बताउनुभयो ।
डिप्रेशनको समस्याले ग्रस्त यज्ञराजले चार–पाँच दिनमा अस्वाभाविक व्यवहार देखाउनुभएको थियो । रातभरी नसुत्ने, बर्बराउने, दिउँसोमा निर्मलाको नाम लिँदै रुँदै गालीगलौज गर्दै हिँड्ने गरेपछि परिवारका सदस्य चिन्तित बनेका छन् । निर्मलाको बुवाको स्वास्थ्य अवस्था केही दिनयता नाजुक बन्दै गएकाले परिवारको सहयोगमा उपचारका लागि काठमाडौं पठाइएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले बताउनुभयो ।
उहाँका अनुसार यज्ञराजको काठमाडौंको शिक्षण अस्पतालमा उपचार हुनेछ । यज्ञराजसँगै उहाँकी श्रीमती दुर्गादेवी पन्त, इश्वरदत्त जोशी, गजाधर भट्ट काठमाडौं जानुभएको छ ।
November 24, 2018 5:45 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण