Wednesday 11th February 2026

यस्तो छ चिनियाँहरुको सुन्दरताको रहस्य, घरेलु विधि सहीत

7 years अगाडी

एजेन्सी । चिनियाँ युवतीहरु आफ्नो चम्किलो, बेदाग अनि नरम छालाको लागि चिनिन्छन्। वास्तवमा यस्तो छालाको पछाडी लुकेको छ उनीहरुको घरेलु तथा पारम्परिक तरिका। यसमा सबैभन्दा राम्रो कुरा यो हो कि यी उपाय हामीले पनि अपनाउन सक्छौ।

के हो चिनियाँहरुको सुन्दरताको रहस्य ? चिनियाँ युवतीहरु चामलको पानीलाई टोनरको रुपमा प्रयोग गर्छन्। यसको लागि पालिस नगरिएको चामललाई एउटा भाँडोमा राखेर भिजाउँनुस। केही समयमा माथी सेतो तह देखिन्छ। त्यसपश्चात पानी मात्र छानेर त्यसलाई फ्रिजमा राख्नुस्। यो पानी ३-४ दिनसम्म प्रयोग गर्न सकिन्छ। कपास (रुई)को मद्धतले यो अनुहारमा लगाउनुस्। ३-४ दिन पश्चात फेरि यसरी नै नयाँ पानी बनाएर फ्रिजमा राख्नुस्।

जवान देखिन ग्रिन टि : चिनियाँ युवती ग्रिन-टीको सहयोग लिन्छन्। हरेक दिन बिहान कप ग्रिन टि पिउँनाले पेट स्वस्थ्य हुनुको साथै नियमित प्रयोगले जवान देखिन मद्दत गर्छ।

सफा अनुहारको लागि : सफा अनुहारको लागि चिनियाँ युवतीहरु पुदिना प्रयोग गर्छन्। पुदिनाको पात पिसेर अनुहारमा लगाएर सुकेपछि धुन सकिन्छ।

चाउरीबाट बच्न : अनुहारलाई चाउरीपनबाट बचाउन चिनियाँ युवतीहरु अण्डा प्रयोग गर्छन्। अण्डाको सेतो भाग अनुहारमा लगाउनुस् अनि २० मिनेट पश्चात चिसो पानीले धुनुस्। अण्डामा हुने एस्ट्रिजेन्टले छाला कसिलो बनाउन मद्धत गर्छ। यसको साथै चिनियाँहरु मसाजमा विश्वास गर्छन्। मसाजले रक्त सञ्चार बढ्छ र कोषहरुको ‘रिजेनेरेशन’ बढ्छ जसको कारण आँखा सुन्निएको जस्तो हुन कम हुन्छ।

          November 25, 2018 10:36 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...