शिक्षकको कुटाइबाट जाजरकोटमा विद्यार्थी घाइते
7 years अगाडी
Nepal Drishti
९ मंसिर, काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिका-११ मा रहेको बाल माध्यामिक विद्यालय झाप्राका शिक्षक पृथ्वीबहादुर सिंहले विद्यार्थीलाई कुटेर घाइते बनाएका छन् ।
रजिस्टेशन र्फमको विषमा शिक्षक सिंहले कक्षा ९ मा अध्ययनरत छात्र शेरबहादुर बस्नेतलाई कुटपिट गरी रक्ताम्य बनाएका हुन् ।
विद्यालयका प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठन जाजरकोटका अध्यक्षसमेत रहेका शिक्षक सिंहले विद्यालयमा अनुपस्थित भएको भन्दै कुटपिट गरेको पीडित विद्यार्थी शेरबहादुरले बताएका छन् ।
शेरबहादुरले छेडागाड नगरपालिका-५ मा रहेको प्रहरी चौकी बडाबनमा शिक्षक सिंहविरुद्ध उजुरी दिएका छन् ।
तर, शिक्षक सिंहले परिवारसँगको छलफलपछि घटना मिलिसकेको बताए । ‘हाजिरी नपुगेकोले फारम भर्न हुन्न भन्दा झर्किएपछि एक झापड हानेको हुँ । कुरा मिलिसक्यो,’ शिक्षक सिंहले भने । अनलाईन खबर
November 25, 2018 3:52 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...