आज – १० मंसिर २०७५ सोमवारको राशिफल
आज – १० मंसिर २०७५ सोमवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । शुभकार्यको योग छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक यात्राको योग छ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । भूमि लाभ रहला ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जोश जाँगर र हिम्मत वढ्नेछ । अरुको मन जित्न सकिनेछ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । तिर्थाटनको योगछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सोचेको आटेको काममा फाइदा मिल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्य क्षेत्रमा प्रगती हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बाहन सुख मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नियमित खर्चसमेत बढ्ने योग छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अचल सम्पत्ती हात पर्ने योगछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार,व्यवसायमा लाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउने छ, निर्णय कार्यान्वयन हुन सक्दैनन् ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाईनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । मनमा निरासा र शरीरमा आलस्य आउला । प्रेममा मनमुटाव रहला । – ज्यो.प. नारायणप्रसाद दुलाल
November 26, 2018 3:33 am | राशिफल
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन