युवा किसानको लोभलाग्दो कमाई : गहुँतको प्रयोगले तरकारी धेरै फल्यो
अर्घाखाँची – तीन वर्ष अघिसम्म तरकारीमा रासायनिक मल र विषादी प्रयोग गर्ने सन्धिखर्क २ घोचेखोलाका सुशील आचार्यले अहिले रासायनिक मल र विषादी प्रयोग गर्न छाड्नुभएको छ ।‘रासायनिक मल र विषादीको प्रयोगले उत्पादन गरिएका तरकारी खानाले मानिसको स्वास्थ्यमा असर गर्छ भन्ने थाहा नहुनाले पहिले मल र विषादीको प्रयोग धेरै गरियो’ उहाँले भन्नुभयो, ‘ असर गर्छ भन्ने थाहा पाएपछि रासायनिक मलको सटा गोठे गोबर मल, कम्पोष्ट मल र गाईभैंसीको पिसाबमा पानी राखेर बिरुवामा छरेर खेती गरेका छौं, तरकारी खेती अत्यन्तै राम्रो भएको छ ।’
गाईभैंसीको पिसाब संकलन गरी ट्ंयाकीमा जम्मा गर्ने र पिसाबमा पानी मिसाइ बिरुवामा राख्ने गरिन्छ । उहाँले खेतमा काउली, साग, बन्दा, सिमी, बोडी, टमाटर लगायतका तरकारी रोप्नुभएको छ । रासायनिक मल र विषादीको प्रयोग बिना लगाइएको तरकारी असाध्यै राम्रो भएको उहाँले बताउनुभयो ।गाईभैंसीको पिसाब खेतबारीमा राख्न थालेपछि रासायनिक मलको प्रयोग हुन छाडेको छ । ‘तीन लिटर पानीमा एक लिटर पिसाब मिसाएर बारीमा राख्छौं । गाई भैंसीको पिसाब प्रयोग गर्दा युरियाले भन्दा दोब्बर उत्पादन भएको छ’ उहाँले भन्नुभयो ।आफैं नगरेसम्म कृषिमा क्रान्ति गर्न सकिँदैन भन्ने मान्यताका साथ सुशीलले १७ वर्षको उमेरदेखि व्यवसायिक गाइपालन र तरकारी खेतीमा लाग्नुभएको हो । अहिले २२ वर्षको हुनुभएका उहाँले तरकारी र दुधबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।
जेटिए पढ्दै गर्दा कृषिमा केही गरेर देखाउनु पर्छ भन्ने उत्प्रेरणा जागेपछि उहाँ कृषि पेशामा लाग्नुभएको हो । उहाँले १२ रोपानी खेतमा तरकारी खेती गर्नुभएको छ । आठवटा गोलभेँडा टनेल छन् । तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक १२ लाख रुपैयाँ आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।आचार्य कृषि तथा पशुपालन फार्म दर्ता गरेर कृषिमा लागेका आचार्यको गोठमा १२ वटा उन्नत जातका गाई रहेका छन् । जर्सी र होलीस्टान गाईको दैनिक ५० लिटर दुध बिक्री गर्ने र दुध बिक्रीबाट वार्षिक ८ लाख रुपैयाँ जति आम्दानी हुने उहाँले बताउनुभयो ।
November 28, 2018 10:11 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।