कुवेतबाट नेपाल छुट्टी जादा अनिवार्यरुपमा राजदूतावासको सफारिस पत्र
कुवेत -कुवेतबाट नेपाल छुट्टी जादा अनिवार्यरुपमा राजदूतावासको सिफ़ारिस पत्र लिनुपर्ने नियम लागु भएको छ ।नेपाली राजदूतावास कुवेतका श्रमसहचारी ज्ञ्यानेन्द्र शर्माका अनुसार दूतावासमा औपचारिक पत्र नआएको भएता पनि नेपाल सरकारको गत कार्तिक २७ गतेको निर्णय अनुसार नेपालमा श्रम गर्दा अनिवार्यरुपमा दूतावासको सिफ़ारिश पत्र माग भइआएको हुँदा कुवेतबाट छुट्टी जान चाहाने जो कोही नेपालीले दूतावास पुगि उक्त सिफ़ारिश पत्र लिनु पर्ने भएको छ ।
-सिफारिस पत्र लिँदा एउटै कम्पनीमा काम गरी छुट्टी जानेलाइ कम्पनी सेवा सुविधा सहितको सामान्य पत्र लेखिने छ भने कुवेत आई भिषा तथा कम्पनीले फेरबदल गरेकाहरुलाइ विशेष पत्र लेख्नु पर्ने हुँदा छुट्टि जानु भन्दा १५ दीन पहिला दूतावासमा सम्पर्क गरि सक्नु पर्ने छ ।
सिफारिस पत्र लिँदा लाग्ने शुल्क
भिषा र कम्पनि एउटा भएमा – ४ केडी
भिषा र कम्पनि फेरबदल भएमा- १७ केडी
पेश गर्नु पर्ने आबश्यक कागजातहरु:-
पुरानै कम्पनि भएकालाई – कुवेतको सिभिल आईडि मात्र ।
नयाँ कम्पनी परिवर्तन गरेकाहरुको लागी:-
१-कुवेतको सिभिल आईडि
२- हाल कार्यरत कम्पनीको अटोमेटोकिया(कम्पनी लाईसेन्स) र स्पोन्सरको कुवेतको सिभिल आईडि कपि।
३- कुवेत मिनिष्ट्री अफ पब्लिक वर्कद्वारा जारी कम्पनी र कामदार बीचको सम्झौता पत्र( दुबै पार्टीले सहि गरेको २ पेजको पत्र)
४- कामदारको ईज्नामेल पेपर
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा