संयुक्त राष्टसंघको २४ औं सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी पोल्याण्ड जाँदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्यान्ड जाने भएकी छन्। पोल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्टसंघको २४ औं सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी पोल्याण्ड जान लागेकी हुन्।डिसेम्बर २ देखि १४ सम्म पोल्याण्डमा सम्म जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्टसंघको २४ औं सम्मेलन हुने भएको छ।
राष्ट्रपति भण्डारीले आइतबार बर्लिनस्थित नेपाली दूतावासको आयोजनामा गरिने कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले ३ डिसेम्बरमा सम्मेलन उद्घाटनसत्रमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ। भण्डारीले ३ डिसेम्बरकै दिन बिहान युएन महासभाका प्रमुख मारिया फेरनान्डा स्पपिनोसा गार्सेससँग सम्लेलनको साइडलाइनमा भेट गर्नेछिन्। सोही दिन बेलुका राष्ट्रपति भण्डारीले गणतन्त्र पोल्यान्डका राष्ट्रपतिले सम्मेलनमा उपस्थित सरकार प्रमुख तथा राष्ट्रप्रमुखका लागि आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको नागरिक दैनिकले खबर लेखेको छ।
राष्ट्रपति भण्डारीले डिसेम्बर ४ मा पोल्यान्डका राष्ट्रपति एन्ड्रिज सेवास्तिआन डुडासँग दुईपक्षीय भेटघाट गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारीसँग वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, सांसद कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतम, सामसायप्रसाद यादव, चन्दा चौधरीलगायत जानेछन्। राष्ट्रपति भण्डारी मंसिर २० गते फर्कने कार्यतालिका छ।
November 30, 2018 12:11 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण