Thursday 12th February 2026

झापाकी रमा श्रेष्ठको कुवेतमा निधन :

7 years अगाडी

कुवेत -झापा जिल्लाको गौरादह वडा नम्बर -५ घर भइ कुवेतमा घरेलु कामदारको रुपमा काम गर्दै आउनुभएकि ३८ बर्षिया रमा श्रेष्ठको २०१८ डिसेम्बर २ तारिख आइतबार बिहान मृत्यु भएको छ ।मृतक रमा श्रेष्ठको मृत्युको बारेमा प्रारम्भिक जानकारी आएता पनि मृत्युको सत्य तथ्य कारण पूर्ण रुपमा र प्रहरी रिपोर्ट आउँन अझै बाकि रहेको नेपालि राजदूतावास कुवेतका द्वितीय सचिब ज्ञान बहादुर मगारले जानकारी दिएका छन् ।

सचिव मगरले मृतकको पूर्ण जानकारी र रिपोर्ट आएपछि घर परिवारमा समन्वय गरि मृतकले पाउने पर्ने सेवा सुबिधा लगायत सम्पूर्ण कानुनि प्रक्रिया पुरा गरि शव छिट्टै नेपाल पठाउन नेपालि राजदूतावास कुवेतले सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।मृतक रमा श्रेष्ठकि छोरी सविना श्रेष्ठ पनि कुवेतमै एक बर्ष अघि देखि घरेलु कामगर्दै आएकी छिन। सविनाले आफ्नी आमाको मृत्यु पछी भावुक हुदै भनिन ,म कुवेत आएको एक बर्ष भएतापनि आफ्नो मम्मी संग भेटघात गर्न नपाएको बताउछिन ।

दुइ दिन अघि फोनमा कुरा गर्दा छाति तथा ढाड र पेट दुखि रहेको उनले बताउछिन । सविना भावुक हुदै भन्छिन मम्मिलाई म संग भेटनै जुराएको रहेन्छ कुवेतमा ।प्राप्त जानकारी अनुसार मृतक रमा श्रेष्ठ पटक- पटक गरि ११ बर्ष देखि कुवेतमा कार्यरत थिइन् भने बिगत ५ बर्ष देखि साहुको घरबाट भागेर अवैधानिक रुपमा लुकी छिपी काम गर्दै आएको बुझिएको छ । साभार – तितोपाटी

          December 3, 2018 12:23 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...